सौगात र वर्षाका जोडी कार्तिकमा सार्वजनिक

- साप्ताहिक संवाददाता

आश्विन १, २०७४- 

अभिनेता सौगात मल्ल र अभिनेत्री वर्षा राउतको जोडीलाई पर्दामा हेर्न दर्शकले कार्तिकसम्म कुर्नु पर्ने भएको छ । यो जोडीले स्क्रिन शेयर गरेको चलचित्र ‘मेरो पैसा खोइ’ कार्तिक ९ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।

कार्तिक ९ गते सौगात र वर्षाको जोडीलाई सम्पूर्ण दर्शकले हेर्न पाउँने चलचित्रका निर्माता तथा निर्देशक रोज राणाले बताएका छन् । 

चलचित्र हाल पोस्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको छ । चलचित्रमा सौगात र वर्षाको साथै छुल्ठिम गुरुङ, प्रमोद अग्रहरी, रविन तामाङ, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित :आश्विन १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्