‘मह संचार’को ‘सत्रु गते’ घोषणा

- साप्ताहिक संवाददाता

आश्विन १, २०७४- 

नेपाली कला क्षेत्रको एउटा उदाहरणी जोडी हो हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको । यो जोडीले एकसाथ थुप्रै काम गरेका छन् । केहि समय चलचित्र निर्माणमा पनि सक्रिय रुपमा लागेको यो जोडीले पुन: चलचित्र निर्माण गर्ने भएका छन् । गत साता मात्रै निर्माण घोषणा गरिएको चलचित्रको नाम ‘सत्रु गते’ राखिएको छ । 

तराइ, हिमाल र पहाडको कथा जोड्ने कथामा यो चलचित्र बन्ने कलाकार तथा निर्माता हरिवंश आचार्यले बताए । आचार्यले चलचित्रमा नयाँ पुस्ताका कलाकारहरुसँग आफूहरुले सहकार्य गर्न लागेको भन्दै एउटा उत्कृष्ट चलचित्र बनाउने विश्वास समेत ब्यक्त गरेका छन् । 

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आाचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौड्याल, अञ्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसकारले अभिनय गर्ने भएका छन् । 

चलचित्र ‘जात्रा’का निर्देशक प्रदिप भट्टराइले मह संचारको यो चलचित्र पनि निर्देशन गर्ने भएका छन् । आफूहरुले राखेको नाम शब्दकोषमा नै नभएको भन्दै निर्देशक भट्टराईले कथा अनुसार नाम मिल्ने बताएका छन् । 

चलचित्रमा राजनराज सिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, दीर्घ गुरुङको छायांकन, हरिवंश आचार्य र प्रदिप भट्टराइको पटकथा, हरिवंश आचार्यको कथा रहनेछ ।

रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेलले सयुक्त रुपमा चलचित्र निर्माण गर्ने भएका हुन् । किरण केसीको प्रस्तुतीमा यो चलचित्र बन्नेछ ।

प्रकाशित :आश्विन १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्