दसैं सम्झँदा मनमा सबैभन्दा पहिले के कुरा आउँछ ?

- साप्ताहिक संवाददाता

आश्विन १, २०७४- 

परदेशमा नानीहरूको विशेष सम्झना आउँछ । अघिल्लो दसैंंमा जसरी उनीहरूको खुसी हेर्ने मौका मिलेको थियो, यो वर्ष देख्न नपाउने हुँदा दु:ख लागेको छ । साथमा बाबा–आमाले दिने आशीर्वादको सम्झना आउँछ ।

- कैलाश कटवाल

घरबारविहीन गाउँलेहरूको सम्झना आउँछ, भुइँचालोको याद आउँछ अनि बाढीपिडितहरूको याद आउँछ । आमाले दसैंका लागि पालेको खसी जुन बाढीले बगायो त्यसको पनि याद आउँछ अनि नेताहरूले चुनावका बेला गरेको चोटिलो भाषणको सम्झना आउँछ । त्यसपछि मन त्यसै–त्यसै भक्कानिएर आउँछ । 

- गौरीशंकर 

मंगल धुन, आमा–बुबा, घरनजिकैको दुर्गा मन्दिर, लामो अन्तरालपछि साथीहरूसँग हुने भेटघाट, नयाँ लुगाफाटा, मीठो परिकार तथा जमरा अनि टीका ।

- परिमल क्षेत्री

निधारमा रातो टीका, कानमा जमरा, पिङ खेल्ने साथीहरू, ठूलाबडाको आशीर्वाद अनि केटाकेटीमा पैसा पाइने आशा । 

- सुवास गुरागार्इं

केटाकेटी छँदा टीका लगाएपछि प्राप्त ५ रुपैयाँ हराउँछ भनेर खैनीको डिब्बाभित्र हालेर घरको छानामा लुकाएको कुरा सम्झना आउँछ ।

- सुरज रसाइली 

नयाँ लुगा लगाउने अनि अरूलाई देखाउने चाहना, रातो टीका, अनि लिंगे पिङ ।

- दीक्षान्त घिमिरे

कस्तो अचम्म ! अझसम्म दसैंको टीका आफ्नो निधारमा टाँसिएन । सायद केही खास नलागेर हो कि ? तर मीठा परिकारको चाहिँ भण्डार नै रित्याइन्छ ।

- अर्जुन

म अहिले कोरियामा छु । अरू त होइन, रेडियो–टेलिभिजनमा बज्ने दसैं धुनको सार्‍है सम्झना आउँछ ।

- बेगेन्द्र क्षेत्री

आजसम्म एउटा पनि दसैं मनाउन छुटाएको छैन, यसपालि परदेश आइयो, अब कसरी बित्छ होला त्यो दिन ? आजसम्मको खुसियालीलाई परदेसिनुको पीडा खल्लो बनाइदियो उफ् †

- केशव थापा

पिङ खेल्ने निहुँ गर्दै मन परेकी केटीको गाउँ गइन्थ्यो, नयाँ लुगा अनि जुत्ताक प्रदर्शन गर्दै— हैट् बालापन ।

- इम्मोटल

दसैंमा मीठा–मीठा परिकार खान पाइन्छ । नयाँ–नयाँ लुगा लगाउन पाइन्छ, पैसा कमाउन पाइन्छ, टीका लगाएर आशीर्वाद थाप्न पाइन्छ । मनमा खुसी–उमंग छाउँछ । दाजुभाइ–दिदीबहिनीका साथमा आमा–बुबासँग भेट गर्न पाउँदा आफूलाई भाग्यमानी मान्न पाइन्छ ।

- सुरज श्रेष्ठ

दक्षिणा कति बन्ला यसपालि ? धेरै वर्ष पहिले यही सम्झिन्थें । अहिले त विशेष ममीलाई सम्झन्छु । 

- दीपक बस्नेत

बूढा भएका हजुरबुवा–हजुरआमाले सन्तानले डाँडाकाँडा ढाकोस् भनेर आशीर्वाद दिएको कुरा सम्झना आउँछ ।

- सनराइज बोगटी

मनमा के कुरा आउँछ त्यो त थाहा भएन, तर आँखामा आँसु चै पक्कै आउँछ ।

- फलानो म

बाल्यकालमा नयाँ लुगा किन्न जाँदा स्कुलको पहिरन किनिदिएको कुरा सम्झना आउँछ ।

- विक्रममान श्रेष्ठ

सुगम पोखरेलको गीत सम्झना आउँछ ।

- क्षितिज बावु क्षेत्री

तासको याद आउँछ ।

- दिपेश पोखरेल

सानो बेलाको दसैं र ठूलो हुँदाको दसैंमा धेरै फरक हुने रै’छ । सानो बेलाको दसैं धेरै रमाइलो हुन्थ्यो । अहिले त्यति रमाइलो हुँदैन । 

- कमल

दसैंका बेला लाग्ने रमाइलो घामको अनि साथीहरूसँग घुमेको कुरा याद आउँछ ।

- गंगा

दसैंलाई सम्झँदा कसैको याद पनि सँगै आउँछ ।

- रिदम गुरुङ

परदेशमा हुँदा मन भक्कानिएर आँसु झरेको कुरा याद आउँछ ।

- शिव खतिवडा

मनमा एक किसिमको आनन्द आउँछ ।

- युरिकराज नेपाली

मेरो छोराले ‘बाबा, नयाँ लुगा किन्न कहिले जाने ?’ भन्छ, सम्भवत: दसैं आएर होला ।

- यमकुमार

परदेशमा त गाउँघर, साथीभाइ, परिवार एवं आफन्तजनसँग बिताएको पल सार्‍है याद आउँछ ।

- काशीराम भुसाल

दसैं आउँदा मनको इच्छा पूरा भएजस्तो लाग्छ, खुसी लागेर आउँछ ।

- सुनी राई 

 

प्रकाशित :आश्विन १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्