जन्मदिनमा नीताको निर्मात्री बन्ने घोषणा

- साप्ताहिक संवाददाता

भाद्र ३०, २०७४- 

 अभिनेत्री नीता ढुंगानाले बिहिबार (भदौ २८) गते आफ्नो २५ औं जन्मदिन मनाउने क्रममा चलचित्र निर्मात्री बन्ने घोषणा गरेकी छिन् ।

जन्मदिनको केक काट्दै नीताले आफ्नै चलचित्र निर्माण गर्ने प्रोडक्सन कम्पनिको नाम सार्वजनिक गरेकी हुन् । नीता फिल्म प्रोडक्सनबाट आफूले नेपाली चलचित्र निर्माण गर्ने नीताको घोषणा  छ ।

नीताले अभिनय गरेका पछिल्लो चलचित्रहरु व्यवसायिक रुपमा औषत रहेका छन् । ‘म दर्शकको सन्तुष्ठिका लागि चलचित्र निर्माण गर्नेछु, नीताले भनिन्–‘अहिले म पहिलो चलचित्रका लागि एउटा राम्रो स्क्रिप्ट तथा निर्देशकको खोजिमा छु । सबै कुरा मिल्यो भने अबको छ महिना भित्रै चलचित्रको काम प्रारम्भ हुनेछ ।’ नीताले आफ्नो ब्यानरको पहिलो चलचित्रमा आफ्नो भूमिका रहने अथवा नरहने बारेमा निश्चित भैनसकेको बताइन् ।

त्यसक्रममा नीताले चलचित्र पत्रकार संघ, नेपालको कल्याणकारी कोषमा नगद २० हजार रुपैयाँ संघको अध्यक्ष सन्दिप सापकोटामार्फत हस्तान्तरण गरिन् । नीतालाई जन्मदिनको शुभकामना दिन चलचित्र पत्रकारहरुको ठूलो समुह उपस्थित थियो । यसबाहेक उनलाई नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, निर्देशक झरना थापा, अभिनेत्रीहरु रुपा राना, अनु शाह, सम्पदा बानियाँ, सुरबीना कार्की आदि उपस्थित भए ।

बाल कलाकारको रुपमा अभिनय प्रारम्भ गर्ने नीताले किसान, मसान, नोटबुक, लेकसाइड, भूलभुलैया, धुन, हाम्रो माया जुनी जुनीलाई, छ एकान छसहित दुई दर्जनभन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । 

प्रकाशित :भाद्र ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्