आजबाट लीला मार्फत पर्दामा संचिता

- साप्ताहिक संवाददाता

भाद्र ३०, २०७४-

निर्देशक : रमेश कोइराला संगीत : बसन्त सापकोटा/ रमेश खड्का

कलाकार : मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइँटेल, ध्रुव कोइराला तथा देवीराम पराजुली ।

जीवनमा अप्रत्याशित घटनाहरू घट्न सक्छन् । तीमध्ये कुनै घटना नियोजित हुन्छन् भने कुनै थाहा नभै घट्न पुग्छन् । चलचित्र लीला भित्र घट्ने घटनाहरू भने कसैको स्वार्थका लागि नियोजित रूपमा भए पनि त्यसलाई अप्रत्याशित घटनाको रंग दिने प्रयत्न गरिन्छ ।

उदाउँदा अभिनेता राज कटुवाल अभिनित लीलाका मुख्य अभिनेता राज कटुवाल नै हुन् । उनलाई पूर्वमिस नेपाल मलिना जोशीले साथ दिएकी छिन् । सस्पेन्स, थ्रिलरका साथ रोमान्स, एक्सन र हास्य दृश्यहरू मिश्रण गरिएको चलचित्र लिलामा अभिनेत्री सञ्चिता लुइँटेलको पनि महत्वपूर्ण भूमिका छ ।

सांगीतिक चलचित्रका रूपमा पनि प्रचार गरिएको चलचित्र लिलामा कमल राईको नृत्य निर्देशन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, शिव ढकालको छायांकन एवं सुवास देवकोटाको सम्पादन हेर्न पाइन्छ । 

 

प्रकाशित :भाद्र ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्