भदौ ३० देखि असोज ५ गतेसम्मको साप्ताहिक राशिफल

  • असोज १ विश्वकर्मा पूजा, ३ संविधान दिवस, ४ सोर्‍हश्राद्ध समाप्त, असोज ५ नवरात्री आरम्भ

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

भाद्र ३०, २०७४

 

 

मेष 

वैदेशिक यात्राको मार्ग पहिल्याउन साथीहरूको सुझाव सहयोगी हुनेछ । आम्दानीको राम्रै स्रोत हात लागे पनि खर्च हुने क्रम रोक्न सकिनेछैन । पारिवारिक मतभिन्नताका बाबजुद तपाईंको विचार नै अनुमोदन हुनेछ । पूर्वतर्फको यात्रा लाभदायक तथा मनोरञ्जन रहनेछ ।

 

वृष 

संयमित बोली तथा मधुरताले रोकिन लागेका कामहरू पूरा हुनेछन् । मन पराउनेसँगको उठबस एवं घुमघाम चियोचर्चाको विषय हुने सम्भावना छ । नगद करोबार गर्दा सावधानी अपनाउनुहोला । धातु तथा सेयरको कारोबारबाट सोचेजस्तै उपलब्धि हासिल गर्न सकिनेछ । 

 

मिथुन 

मनपर्ने व्यक्तिहरूसँगको भेटघाटले सातालाई उत्साहप्रद बनाउनेछ । पारिवारिक जमघटले तपाईंको रोजाइलाई अनुमोदन गर्दै विवाहको तिथिञज्ञ तय गर्ने सम्भावना छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । सेवामूलक काम गरेर नाम, दाम एवं प्रतिष्ठा कमाउन सकिनेछ । खानपानको निम्तोमा संलग्न हुँदा स्वास्थ्यको ख्याल राख्नुहोला ।

 

कर्कट 

प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुने सम्भावना छ । साथीहरूसँग नयाँ स्थानको भ्रमण हुनसक्छ । लगानी गरिएको व्यवसायबाट पर्याप्त लाभ लिन सकिनेछ । व्यवहारिक कामकाजमा सेतो तथा कालो रंगको प्रयोग कमै गर्नुहोला । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ । 

 

सिंह 

स–साना त्रुटिले मर्यादामा प्रहार गर्न सक्छ । नवनियुक्त कर्मचारीले कार्य सम्पन्न गर्दा विशेष होसियारी अपनाउनुपर्नेछ । आलोचना गर्नेहरू बढी नै भए पनि पराजयको सामना गर्नुपर्नेछैन । खर्चिलो यात्राले मनमा दुविधा उत्पन्न गराउला । सुनौलो रंग प्रयोग गर्दा मेहनत खेर जानेछैन । 

 

कन्या

रमाइलो भेटघाटमा स्वादिष्ट भोजनको आनन्द उठाउन पाइनेछ । सानै प्रयत्नले पनि लक्ष्यमा पुर्‍याउन सक्छ । बलजफ्ती गर्नाले परिस्थिति प्रतिकूल हुने सम्भावना छ । बुधबार तथा शुक्रबार महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् । परोपकारी कार्यमा सहभागी हुँदा मानसिक शान्ति अनुभव गरिनेछ । साताको अन्त्यमा भ्रमणको साइत जुर्न सक्छ ।

 

तुला 

पुराना कामबाट प्राप्त प्रतिफलले नयाँ योजना बनाउन सहयोग पुर्‍याउनेछ । सामूहिक लगानीमा नयाँ काम प्रारम्भ हुनसक्छ । यात्रामा मनपर्ने साथीभाइसँग भेटघाट हुन सक्छ । भीडभाडमा सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउनुहोला । 

 

वृश्चिक 

नयाँ मित्रले तपाईंको खुलेर प्रशंसा गर्नेछन् । रचनात्मक कामद्वारा अरूको मन जित्न सकिनेछ । गुलाफी रंगको वस्त्र लगाउँदा अनपेक्षित परिणाम प्राप्त हुनेछ । नौला स्थानको मनोरञ्जनपूर्ण भ्रमण गर्ने अवसर जुर्न सक्छ । भोजन तथा जीवनचर्यामा ध्यान पुर्‍याउनुहोला ।

 

धनु 

जटिल परिस्थितिको सामना गर्नुपर्ने योग छ । आर्थिक प्रलोभन देखाई जाल रच्नेहरूले झुक्याउन सक्छन् । खानपानमा पर्याप्त ध्यान पुर्‍याउनु आफ्नै हितमा हुनेछ । नयाँ अवसरका निम्ति शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । एकोहोरो जिद्दीपनका कारण निकटस्थहरूसँग खटपट हुने सम्भावना छ । 

 

मकर 

तत्काल खर्च भए पनि दिगो आम्दानी हुने अवसर हात लाग्ने सम्भावना छ । मन मिल्नेहरूसँग शंकाको भावना सिर्जना हुन सक्छ, हतारमा कुनै निर्णय नलिनुमै आफ्नो भलो छ । भोजभतेर एवं मनोरञ्जनमा सहभागी हुँदा धन, प्रतिष्ठा एवं समयको ख्याल गर्नुहोला । 

 

कुम्भ 

नयाँ व्यवसाय प्रारम्भ गर्न पारिवारीक मत मिल्नेछ । उक्त व्यवसायले उचित मुनाफासहित निदृष्ट गोरेटो पहिल्याउनेछ । प्रेमिकाले विभिन्न दोषारोपण गर्न सक्छिन्, उनको भावना बुझ्ने प्रयत्न गर्नुहोला । साताको अन्त्यमा शारीरिक थकान महसुस हुनेछ, जुस तथा फलफूलको सेवनमा जोड दिनुहोला ।

 

मीन 

आफ्नै जुक्तिबुद्धिले प्रतिकूल अवस्थालाई अनुकूल बनाउन सकिनेछ । आर्थिक पक्ष सबल हुँदै विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । नगद सापटी लिएकाहरूले जालझेल गरी झुक्याउन सक्छन्, सचेत रहनुहोला । चिसो वातवरणमा स्वास्थ्य प्रतिकुल हुन सक्छ, ध्यान पुर्‍याउनुहोला । 

प्रकाशित :भाद्र ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्