‘सिन्ड्रेला नेपाल’ उपाधिका लागि ३० किशोरी मैदानमा

- साप्ताहिक संवाददाता

भाद्र २९, २०७४- 

‘सिन्ड्रेला नेपाल–२०१७’ को उपाधि जित्न यतिखेर ३० किशोरी प्रतिपस्र्धा गरिरहेका छन् । ९ देखि १३ वर्ष उमेर समूहका बालिका सहभागी यस प्रतिभा तथा सौन्दर्य प्रतियोगिताको दोस्रो संस्करण हो । 

प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘सिन्ड्रेला नेपाल–२०१७’ मा को अन्तिम प्रतिस्पर्धा आउँदो ८ असोजमा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । 

अन्तिम प्रतिस्पर्धामा आफूलाई अब्बल देखाउन प्रतियोगीहरु विभिन्न आत्मविकासबारे प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई कोरियोग्राफर तथा मोडल विपना थापाले क्याटवाकलगायतका ग्रुमिङ कक्षा दिँदै आएकी छन् ।

कार्यक्रमका संयोजक सुदर्शन सुबेदीका अनुसार आउँदो शनिबार ट्यालेन्ट शो हुँदैछ । जहाँ प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् । प्रतियोगीतामा दर्जन बढी किशोरीले सहभागीता जनाउँने छन् ।

 

प्रकाशित :भाद्र २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्