आउँदैछिन् करिना

- एजेन्सी

भाद्र २९, २०७४-

बलिउड अभिनेत्री करिना कपुर चलचित्रमा पुनरागमन गर्ने अन्तिम तयारी गर्दैछिन् । सैफ अलि खानसँग विवाह गरेपछि चलचित्रमा नदेखिएकी करिना अहिले छोरा हुर्कंदै गएपछि चलचित्रमा आउन तयार भएकी हुन् ।

सेप्टेम्बरको अन्तिम सातातिर छायांकन प्रारम्भ हुने चलचित्र ‘वीरे दी वेडिङ’ मार्फत करिनाले अभिनयमा पुनरागमन गर्न लागेको बताइन्छ । त्यसो त यो चलचित्रका लागि करिनालाई निर्माता–निर्देशकले उनी गर्भवती भएदेखि नै पर्खिएका हुन् ।

करिना आमा बनेको केही महिनापछि अब यो चलचित्र छायांकनमा जाने भएको छ । चलचित्रका करिना कपुरसँगै स्वरा भास्कर तथा सोनम कपुर पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत हुनेछन् ।  

 

प्रकाशित :भाद्र २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्