डब्लिनमा मनाइयो ‘नेपाल आयरल्याण्ड डे’

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७४-

 

 

नेपाल र आयरल्याण्डबीच कूटनीतिक सम्बन्धको १८ औं वर्षगाँठ पुगेको उपलक्ष्यमा आयरल्याण्डको डब्लिनमा ‘नेपाल आयरल्याण्ड डे र भिजिट नेपाल युरोप २०१७’ मनाइएको छ । नेपालको पर्यटन प्रबद्र्धन गर्न बिभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । सयपत्री समूह युके तथा आयरल्याण्डका स्थानीय नेपाली कलाकारहरूको गीत–संगीतको प्रस्तुतिले विदेशीहरूले भरपुर मनोरञ्जन लिएका थिए । आइरिस पर्यटकहरूले नेपाल घुम्दा खिचेका तस्बिरहरू पनि प्रदर्शनीमा राखिएको थियो ।   

 

उक्त कार्यक्रम बेलायत र आयरल्याण्डका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदी, आइरिस सभामुख सियन ओ फियरघेलले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । ‘विदेशीहरूलाई नेपाल घुम्न प्रोत्साहन गरिरहेका छौं ।’ आयोजकमध्येको एक नेपाल आयरल्याण्ड सोसाइटीका सह–कोषाध्यक्ष बालकृष्ण श्रेष्ठले भने ।

 

यस वर्ष सगरमाथा आरोहण गर्ने आइरिस नागरिक जोन बुर्के, रोरी म्याकहग्, टेरी केलरले आ–आफ्ना अनुभव बाँडेका थिए । कार्यक्रममा नेपाली हस्तकलाका सामानहरू प्रदर्शनीमा राखिएका थिए । नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्यले अघिल्ला वर्षहरूभन्दा नेपाल पर्यटकहरू घुम्नेको संख्या बढ्नु सकारात्मक रहेको बताए । ‘गत वर्षको तुलनामा यस वर्ष झण्डै ३० देखि ४० प्रतिशतका दरले पर्यटकको संख्यामा वृद्धि भएकोमा खुसी व्यक्त गरे ।’ शाक्यले भने ‘नेपाल र आयरल्याण्डको सम्बन्ध बलियो बनाउनमा हामी जोड दिनेछौं । साथै शिक्षा, लगानी, प्रविधि, अनुसन्धान, वाणिज्य तथा व्यापारमा पनि सहकार्य गर्नेछौं ।’

 

कार्यक्रमको उद्घाटन नेपाल आयरल्याण्ड सोसाइटीका महासचिव गंगाराम कँडेल र सह–सचिव एलिसन इरविनले कार्यक्रम सञ्चालन गरेका थिए । र, उपाध्यक्ष जीवन तिमिल्सिनाले धन्यवाद मन्तव्य दिएका थिए । त्यस्तै प्रमुख कोषाध्यक्ष प्रकाश माली र सह–कोषाध्यक्ष बालकृष्ण श्रेष्ठ, कमिटीका चेतराज वली, रामनारायण पौडेल, महेन्द्रजंग राणाले यो कार्यक्रम सम्पन्न गर्न धेरै दु:ख गर्नुपरेको बताए ।

 

नेपाल र आयरल्याण्डबीच कूटनीतिक सम्बन्धको १८ औं वर्ष पुगेको उपलक्ष्यमा र भिजिट नेपाल युरोप २०१७ क्याम्पेन प्रमोसनका लागि आयरल्याण्डको डब्लिनमा ‘नेपाल आयरल्याण्ड डे २०१७’ मनाइएको छ । बेलायतस्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटीको संयुक्त आयोजनामा नेपाल आयरल्याण्ड डे र भिजिट नेपाल युरोप २०१७’ मनाइएको हो । 

प्रकाशित :भाद्र २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्