सीमा समस्यामा बन्ने भयो ‘दि कर्मा’

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७४- 

नेपाली चलचित्र ‘दि कर्मा’को औपचारिक घोषणा गरिएको छ । फिल्मको थिम पोस्टर सार्वजनिक गरेर चलचित्र यूनिटले यो फिल्मको औपचारिक घोषणा गरेका हुन् । देव कुमार श्रेष्ठले निर्देशनमा बन्ने चलचित्रमा भारतीय कलाकार दीपक आनन्द र करण कुमार वर्माले मूख्य भूमिकामा रहेर अभिनय गर्ने छन् ।

चलचित्रको औपचारिक घोषणा भए पनि मुख्य नायिकाको भने टुङ्गो नलागेको फिल्म यूनिटले जनाएको छ । दीपक र करणका अलावा फिल्ममा क्षितिजा शाक्य, नसीमा आचार्य र अनुप सक्सेनाको पनि अभिनय रहनेछ ।

नेपाली र हिन्दी दुबै भाषामा निर्माण हुन लागेको यो चलचित्र अहिलेसम्मका अन्य फिल्म भन्दा फरक बन्ने फिल्मका निर्देशकको दाबी छ । नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामालाई फिल्ममा समावेश गर्न लागेको उनको भनाई छ । 

मंसिर अन्तिम साताबाट छायांकन सुरु हुने बताइएको यो चलचित्रमा रामेश्वर कार्कीको छायांकन, जय राज रायको कथा, शुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।

जय राज राय र नीशा खतिवडाले यो चलचित्र निर्माण गर्न लागेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शन प्रधान चलचित्र ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा गरिने छ । 

प्रकाशित :भाद्र २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्