दसैंलाई कमलले ल्याए कोदो कोला

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७४-

विगतमा आईलभयू...गीतको लोकप्रियताका कारण दर्शक तथा स्रोताको मन जित्न सफल गायक कमल के. क्षेत्रीले दसैंको पूर्व सन्ध्या पारेर एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

‘कोदोकोला..’ शीर्षकको उक्त गीतमा गायक क्षेत्रीकै संगीत निर्देशन छ । तुलाराम थापाका शब्दहरुको उक्त गीतलाई तास स्टुडियोका बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।

सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी छ । अनिल के.मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा गायक क्षेत्रीसहित क्रिस्टिना थापा, रवि आरएन तथा प्रकाश बस्नेतले अभिनय गरेका छन् ।

यस्तो छ कोदो कोलाको म्युजिक भिडियो 

 

प्रकाशित :भाद्र २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्