पिडा लुकाएर हाँसिरहने गायक

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७४-

गायक युवराज चौंलागाईंलाई उनका फ्यानले अब म्यूजिक भिडियोमा पनि देख्न सक्ने छन् । पछिल्लो समय उनले आफैंले गाएको एक गीतको म्यूजिक भिडियोमा मोडलका रुपमा नै अभिनय गरेका छन् । उनको गायन तथा अभिनय रहेको ‘आँखा भित्र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जून म्यूजिक भिडियो भूषण दाहालले निर्देशन गरेका छन् । 

भिडियोमा युवराजको श्रीमतीको भूमिकामा अनुष्का पाठक र छोराको भुमिकामा कुशाग्र भट्टराई प्रस्तुत भएका छन् । गायक चौलागाईंको आफ्नै संगीत रहेको गीत दीपिका रिमाल थापाले लेखेकी हुन् । धीरजजंग शाहको छायांकन र भरत रेग्मीको सम्पादन रहेको ।

आँखा भित्र आँसु लुकाईको म्यूजिक भिडियो 

 

प्रकाशित :भाद्र २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्