अमेरिकामा विपत : डेढ महिना धकेलियो नेम्पा अवार्ड

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७४- 

असोज १ गते अमेरिकाको टेक्सास स्थित डलासमा हुने भनिएको नेपाल मोसन पिक्चर  एसोसिएसन (नेम्पा)   फिल्म  अवार्ड सो मिति भन्दा डेढ महिना पछि हुने भएको छ ।

मुख्य आयोजक संस्था नेपाल चलचित्र संघले जारी गरेको विज्ञप्ती अनुसार अवार्ड आयोजना हुने राज्य टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ति परेकोले र साथै नेपालीहरुको महान चाड विजया दशमीको पूर्वसन्ध्या समेत परेको हुँदा टेक्सास बासी नेपालीहरुको विशेष आग्रहमा पूर्व निर्धाति मितिका लागि तय गरिएको कार्यक्रम सार्नु परेको जनाईएको छ । 

अब नेम्पा अवार्ड आउादो कात्तिक १९ गते हुने जारी विज्ञप्तीमा उल्लेख छ । करिब ३ करोड माथिको बजेट विनियोजन गरिएको नेम्पा अवार्डलाई अमेरिकाका तर्फबाट डि. ए. बि. एस. इन्टरटेन्मेन्ट सह–आयोजक हो । 

नेपाली फिल्म उद्योगमै पहिलो पटक फिल्मी अवार्ड आयोजना गर्ने संस्थाको रुपमा परिचित नेपाल चलचित्र संघले १२ बर्ष देखि यो अवार्डलाई निरन्तरता दिन पाएको थिएन तर संघमा निकै जुझारु निर्माता तथा  हल व्यवसायी प्रदीप कुमार उदयले नेतृत्व लिएसंगै चलचित्र संघको फेरी आफ्नो गति लिन सुरु गरेको हो ।

 

 

प्रकाशित :भाद्र २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्