बिग बोसमा रानी

- एजेन्सी

भाद्र २८, २०७४- 

भारतीय रियालिटी शो बिग बोसमा भोजपुरी चलचित्रका कलाकारलाई राम्रै स्थान दिँइदै आएको छ । मनोज तिवारी, श्वेता कपुर, रवि किसन, मोनालिकाजस्ता कलाकार बिग बोसमा सहभागि भैसकेका छन् । चाँडै नै यो प्रतियोगिताको ११ औं संस्करण प्रारम्भ हुँदैछ । सलमान खानले सञ्चालन गर्ने यो बिग बोसमा यसपटक भोजपुरी चलचित्रकी अभिनेत्री रानी चटर्जीले सहभागिता जनाउने बताइँदैछ ।

भोजपुरी चलचित्रकी लोकप्रिय अभिनेत्री रानीले पनि आफू बिग बोसमा सहभागी हुन लागेको कुरा स्वीकार गरेकी छिन् । रानीले ससुरा बडा पैसे वाला, सीत, देवरा बडा सतावेला, रानी नं. ७८६ आदि चलचित्रमार्फत दर्शकको मन जितिसकेकी छिन् । सन् २००४ देखि अभिनयमा आएकी रानीले बिग बोसको ग्ल्यामर बढाउने कुरामा कार्यक्रमका निर्माताहरू ढुक्क छन् ।  

 

प्रकाशित :भाद्र २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्