भोयाज् अफ क्रिएसनको तयारी

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७४-

२ दर्जन बढी फेसन डिजाइनरहरुले आउँदो शुक्रबार एक आपशमा प्रतिस्पर्धा गर्ने भएका छन् । यहि भाद्र ३० गते हुन लागेको भोयाज् अफ क्रिएसन नामक प्रतिस्पर्धामा जेनु श्रेष्ठ र शोभा महर्जन, दिप्ना पून र अल्फा वाजि, न्युदिना राई, प्रमिन शाक्य, दुश्यन्त रुम्दाली राई र करिष्मा राई, दावा जाङ्बु शेर्पा लगायतका फेसन डिजाइनरहरुले कल्पनाशीलता र सृजनाशीलताका आधारमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

उनीहरुको कपडा, रंग तथा विभिन्न सामाग्रीहरु मार्फत् प्रदर्शन गरिएका विविध पहिरन शैलीलाई उनीहरुको सोच, कल्पना, सृजनात्मकता, डिजाइन आदिका आधारमा मुल्यांकन गरिनेछ । 

 

दरबारमार्ग स्थित ‘होटल डेला अन्नपूर्ण’मा संचालन हुने भोयाज् अफ क्रिएसन नामक उक्त फेसन डिजाइनरहरुको प्रतिस्पर्धा नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजना र श्रेष्ठ इभेन्ट्स प्रा.लि.को व्यवस्थापनमा संचालन हुन लागेको हो । 

 

सो प्रतिस्पर्धामा ३१ जना फेसन डिजाइनरहरु १६ वटा सिक्वेन्स मार्फत् प्रतिस्पर्धाको मैदानमा उत्रनेछन् भने उनीहरुका सृजनालाई १२ युवती र ६ जना युवा मोडलहरुले प्रदर्शन गर्नेछन् । संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहने सो कार्यक्रमको हरेक सिक्वेन्समा ७ वटा पहिरन शैली समेटिनेछन् जस मध्ये एउटा मास्टरपीसका रुपमा विशेष पहिरन हुनेछ । 

 

प्रकाशित :भाद्र २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्