फेस अफ ब्युटी इन्टरनेसलको प्रतिनिभित्व गर्दै रिमा

- साप्ताहिक संवाददाता

भाद्र २७, २०७४- 

फेस अफ ब्युटी इन्टरनेसनल २०१७ मा नेपालको प्रतिनिधित्व रिमा दाहालले गर्ने भएकी छिन् । २२ वर्षिया रिमाले सेप्टेम्बर १३ देखि २३ तारिखसम्म भारतको नयाँ दिल्लीमा सम्पन्न हुने पाँचौं संस्कराणको यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागीता जनाउँने भएकी हुन् । 

नेपाल कलेज अफ इन्फोरमेसन टेक्नोलजी, एनसिआइटी स्नातक अध्ययनरत रिमा आईटी उद्यमी बन्ने आफ्नो लक्ष्य रहेको बताउँछिन् । पाँच फिट पाँच ६ इन्च उँचाईकी रीमाले केही र्‍याम्प शोहरुमा क्याटवाक समेत गरेकी छिन् । उनी मोडलिङमा समेत झुकाव राख्छिन् । 

सुन्दर मुहारको खोजी गर्ने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘फेस अफ ब्युटी इन्टरनेसनल २०१७’ मा रिमाले विश्वका अन्य चालीस भन्दा बढी  सुन्दरीहरुसित प्रतिस्पर्धा गर्नेछिन् । 

रिमाले फेस अफ ब्युटी इन्टरनेसनल प्रतियोगिताको ट्यालेन्ट राउन्डका लागि स्वजन रघुवंशीबाट बज्रयोगिनी चर्या नृत्यको तयारी गरेकी छिन् । उनका लागि प्रतियोगिताको वार्डरोब लाजिम्पाटस्थित क्रश रोड अपेरल र बागबजारस्थित आईआईएफटी नेपाल तयार पारेको छ । रिमाले प्रतियोगिताका लागि रुस्का श्रेष्ठबाट मेकअप सम्बन्धी प्रशिक्षण प्राप्त गरेकी छिन् ।  

प्रकाशित :भाद्र २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्