नेताहरू नहुने हो भने देशमा के होला ?

- साप्ताहिक संवाददाता

भाद्र २७, २०७४-

अहिलेका हास्यकलाकारहरू बेरोजगार हुन्थे ।

- अनिश अधिकारी

देश विकास हुन्छ । हामीले सयौंको संख्यामा सांसद, पचासौं मन्त्री आदिलाई पाल्नु पर्दैन । त्यो पैसा देश विकासमा लगाउन सकिन्थ्यो ।

- कुमार पुन

नेताहरू देशका भाइरस हुन् जसले देश र जनतालाई मर्माहत तुल्याउँदै छन् । यति सानो देशमा संसारकै सबैभन्दा ठूलो मन्त्रीमण्डल, तैपनि लाज–सरम छैन, यी गफाडी नेताहरूको काम छैन ।

- राज गोर्खाली

बुद्ध नेपालमा जन्मिएका हुन्, हामी गोर्खाली हौं भन्ने कुरामा गर्व गरेर बस्थ्यौं होला । 

- केशव पौडेल

राजनीतिबिना देश चल्दैन । देश हाँक्न सधैं सबल नेतृत्व चाहिन्छ । नेताबिना देशले उचित मार्ग पहिल्याउन सक्दैन । हुन सक्छ, अहिलेको परिस्थितिमा नेताहरूप्रति वितृष्णा जागेको छ, तर नेता भएनन् भने देशले गति लिन सक्दैन ।

- पल हिरा

देश विकासले गति लिने थियो । किनभने नेताले कुर्सी तानातान गर्ने समय विकासमा लगानी हुन्थ्यो ।

- समर्पण सन्देश

कस्तो प्रश्न गरेको ? नेता त हरेक क्षेत्रमा हुन्छन् । घरमा, काममा, व्यवसायमा अनि देशमा पनि । हरेक क्षेत्रमा यसको आवश्यकता छ । नेता नै व्यवस्थापक हो । नेता प्रगतिशील हुन्छ, उनले परिवर्तनलाई व्यवस्थापन गर्न सक्छ, चुनौतीहरूको सामना गर्दै बाटो देखाउँछ । नेतृत्वबिना कुनै घर–परिवार त व्यवस्थापन हुँदैन, देशको के कुरा भो र ? भलै हाम्रो देशमा कुसल नेता नहोलान् ।

- प्रकाश शर्मा

शान्ति, अमनचयन, मेलमिलाप, विकास तथा समृद्धि हासिल होला ।

- प्रल्हाद खनाल

फेरि जनतालाई कसले मनोरञ्जन दिने नि ?

- विजय

मज्जा नै हुँदैन नि अनि ढुङ्गा र टायरको त कामै भएन नि ।

- मोक्तान बुद्ध 

फेरि एउटा जङ्गबहादुर जन्मिन्छ ।

- विशाल पाण्डे

नेता नभए राजा हुन्थे होलान् । 

- सुदिप तामाङ, कपिल पाण्डे

विकास हुन्छ ।

- रमेश न्यौपाने

वर्तमान परिप्रेक्ष्यमा त सोच्नै कठिन होला, तर सोच्ने बेलाचाहिँ भयो जस्तो लाग्छ ।

- हरिहर जोशी

नेपालमा नेताहरू नहुने हो भने सुख–शान्ति मिल्थ्यो होला ।

- आदिम सुब्बा

देश सुन्दर र शान्त हुन्छ । 

- सुलोचना परियार

बाउ–आमा नभएको घर कस्तो होला ? त्यसरी नै बुझौं न ।

- सुवास लुइँटेल

विकास, समृद्धि, शान्ति, सुख र खुसी प्राप्त होला ।

- सन्जीव मरासिनी

जे होला–होला, त्यसरी नै टर्ला । 

- नारायण कोइराला 

देशमा सैनिक शासन लागू हुन्छ । 

- नवीन 

शान्ति हुन्थ्यो, राम्रै हुन्थ्यो । 

- अदिप खड्का

देश विकासले रफ्तार पक्रन्थ्यो । 

- राम क्षेत्री, आभास मैनाली

स्वर्ग नै हुन्थ्यो होला नि  ! 

- बिना लोहाला

राज्यकोषमा वृद्धि हुन्थ्यो । 

- अनरुज थापा

देश सिंगापुर हुन्थ्यो होला । 

- जय शम्भो

आपसमा द्वन्द्व हुँदैनथ्यो, मेलमिलाप हुन्थ्यो ।

- सन्तोष चाम्लिङ

म राजा बन्थें । 

- सुमन मिश्र

 

प्रकाशित :भाद्र २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्