मंगोलिनय हाट असोज ६ मा

- साप्ताहिक संवाददाता

भाद्र २७, २०७४- 

चलचित्र ‘द मंगोलिनय हाट’ ६ असोजबाट प्रर्दशनमा आउँने भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना सहित चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिएको छ । 

आर.एल लामाको निर्देशनमा तयार भएको चलचित्रमा धिरन शाक्य आर.एल लामा, प्रतिक्षा खड्का, रोसनी ब्लोन, सुशिल पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ, लिला गिरी, माया लामा, बिजया तिखातरी लगायत कलाकारको अभिनय छ । 

आर.एल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र लंका माया मोक्तानले निर्माण गरेकी हुन् । चलचित्रका सह निर्माता देखिका खड्का, माया लामा, सम्झना शाक्य रहेका छन् । 

आर्यन र मंगोलियन समुदाय बिच हुने प्रेमकथालाई रोमान्टीक तवरले चलचित्रमा देखाउन खोजिएको चलचित्रमा शंखर महर्जनको द्धन्द्ध, दिनेश प्राख्रिनको नृत्य रहेको छ । चलचित्रको गीतमा मौसम मधुर र संध्या सुनुवारले स्वर दिएका छन्, भने संगीत रिमेश कुमार अमृत लामाको रहेको छ ।

अन्र्तजातीय प्रेमकथालाई एक्सन र रोमान्सले भरिपुर्ण बनाएर चलचित्र निर्माण गरिएको निर्देशक आर.एल लामाको भनाई छ ।

 

प्रकाशित :भाद्र २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्