मिस लिटिल नेवा:मा ४०

- साप्ताहिक संवाददाता

भाद्र २६, २०७४- 

नेप्लिज फेशन होमले आयोजना गर्ने ११ औं संस्करणको ‘मिस लिटिल नेवा:’ को अडिसनबाट ४० जना प्रतिस्पर्धि अन्तिम प्रतियोगिताका लागि छनोट भएका छन् । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार लिटिल नेवा: का लागि ७० जनाले अडिसन दिएका थिए ।  

लिटिल नेवा: को अडिसनमा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, बनेपा तथा स्याङ्जाका प्रतिस्पर्धिहरुले सहभागिता जनाएका छन् । मिस लिटिल नेवा:मा यसपटक पनि ९ वर्षदेखि १३ वर्ष उमेर समुहका नेवार समुदायका बालिकाहरूले सहभागिता जनाइरहेका छन् ।

मिस लिटिल नेवा: का लागि छनोट भएका प्रतिस्पर्धीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा तथा प्रशिक्षण दिइने  छ ।

प्रशिक्षणकै क्रममा उनीहरुलाई आगामी घटस्थापनाको दिन काठमाडौंको बसन्तपुरस्थित कुमारी घर प्राङ्गणमा कुमारीको दर्शन गराउनुका साथै सवा लाख बत्ती बाल्ने तथा नेवा: भोजको सहभागि गराइने छ । प्रशिक्षणका क्रममा मिस नेवा: सुनिता डंगोलले नेपाल भाषाबारे जानकारी दिने छिन् भने कोरियोग्राफर रोहिया महर्जन तथा आयोजक संस्थाकी प्रमुख मानन्धरले सहभागीहरूको आत्मविश्वास बढ्ने किसिमका प्रशिक्षण दिने छन् । 

प्रकाशित :भाद्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्