राजको सम्भावना

- साप्ताहिक संवाददाता

भाद्र २६, २०७४-

५ फिट ९ इन्च अग्ला राज कटवाल नेपाली चलचित्रका नयाँ अभिनेता हुन् । जेठ २६ मा प्रदर्शन भएको लाल्टिन तथा केही साताअघि प्रदर्शित संरक्षणमार्फत दर्शकमाझ आइसकेका राजले अभिनयमा सम्भावना देखाइसकेका छन् । यी दुवै चलचित्रमा उनी सह–अभिनेताका रूपमा प्रस्तुत भएका थिए ।

राजले पहिलो पटक सोलो अभिनेताका रूपमा अभिनय गरेको रमेश कोइरालाद्वारा निर्देशित चलचित्र लीला भदौ ३० गते प्रदर्शन हुँदैछ । यो चलचित्रमा उनले पूर्व मिस नेपाल मलिना जोशीसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

चलचित्रमा आएको पहिलो वर्ष नै तीनवटा चलचित्रमा अभिनय गर्ने अवसर पाएका राजले थप दुई चलचित्रबाट अभिनयको प्रस्ताव पाइसकेका छन् । यद्यपि उनी अहिले नै नयाँ चलचित्रमा संलग्न हुने योजनामा छैनन् । ‘राम्रो ब्यानरको प्रतीक्षा गरिरहेको छु, हेटौंडाका स्थायी बासिन्दा राज भन्छन्— ‘योजनाअनुसार काम भयो भने वैशाखतिर छायांकनमा जाने एउटा चलचित्रमा अभिनय गर्न सक्छु ।’ 

 

प्रकाशित :भाद्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्