तोसिआकी इतोहको ‘माई लभ’ मंसिरमा

- साप्ताहिक संवाददाता

भाद्र २६, २०७४- 

जापानी निर्देशक तोसिआकी इतोहले निर्देशन गरेको चलचित्र ‘माई लभ प्रमिस फर काठमान्डु’ मंसिरमा रिलिज हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी रिलिज डेट सार्वजनिक गरिएको हो । 

तोसिआकीको यो तेस्रो नेपाली फिल्म हो । ‘शिरीषको फूल’ को निर्देशक तोसिआकीले पहिलोपटक सन् २००७ मा नेपाली सम्पदा संरक्षणको सन्देशसहित फिल्म ‘कठपुतली’ बनाएका थिए । नयाँ फिल्म ‘माई लभ’ उनले ‘कठपुतली’ कै सिक्वेलका रूपमा बनाएको बताएका छन् ।

सम्पदा संरक्षणको अभियानमा लाग्दालाग्दै थकित बनेको रमेश जापान पलायन भएपछिको यात्रा यो फिल्ममा छ । २०७२ को विनाशकारी भूकम्पमा परेर हराएकी आफ्नी प्रेमिकाको खोजी गर्न नेपाल फर्केका तिनै पात्रले गर्ने संघर्ष र उतारचढाव फिल्ममा देखाइएको तोसिआकीले बताए ।

दुवै देशमा छायांकन गरिएको फिल्ममा नेपालको मछिन्द्रनाथको जात्रासित जापानको सुवामा प्रचलित जात्रासितको सांस्कृतिक समानता पनि प्रस्तुत गर्न खोजिएको उनले बताए । ‘माई लभ’ को मुख्य कलाकारको रूपमा उनले ‘शिरीषको फूल’ र ‘कठपुतली’कै नायक गणेश लामालाई लिएका छन् । 

फिल्म क्रियसन नेपालको ब्यानरमा निर्माण गरिएको ‘माई लभ’मा जापानबाट युइची हायदा, रिवोन मिजुतानी, सुइतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेशसागै, शीतल श्रेष्ठ, चैत्यदेवी सिंह, मञ्जु श्रेष्ठ, चाादनी लामा, शान्ति वाइबा, राजु भुजू, बबी लिम्बू लगायतले अभिनय गरेका छन् । गौरीशंकर धुजूको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भीएफएक्स रहेको छ ।

प्रकाशित :भाद्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्