झरनाको संवाद प्रेम

- साप्ताहिक संवाददाता

भाद्र २६, २०७४-

अभिनेत्री झरना थापाले पहिलो पटक निर्देशन गरेको चलचित्र ए मेरो हजुर–२ व्यवसायिक रूपमा सफल भएको छ । युवा पुस्ताको प्रेमकथामा आधारित यो चलचित्रमा युवा कलाकारहरुले आकर्षक अभिनय गरेपछि युवा दर्शक सिनेमा हलसम्म पुग्न बाध्य भए । गीत–संगीत तथा लोकेसन त आकर्षक छन् नै, चलचित्रमा समावेश दुई अर्थ लाग्ने केही संवादले समेत दर्शकलाई सिनेमा हलसम्म तान्छ ।

तिमीले त कस्तो मज्जाले चाट्दो रै’छौ, म पनि चाट्छु नि त्यो ल, पोर्नहबको एउटा दर्शक कम हुने भयो, यसको गर्लफ्रेन्ड त दाइने हात नै हो नि आदि संवाद सरासर द्विअर्थी छन् । चलचित्रमा रमाइला संवाद प्रशस्त छन्, जसमा दर्शक मज्जाले हाँसेको सुनिन्छ । त्यसो त यो चलचित्रमा अन्य केही संवाद पनि दर्शकको जिब्रोमै झुन्डिने शैलीका छन् ।

आफू त सानो मान्छे ठूलो सोच, लभ गरिन्छ फुल डोज, पहिले प्रेम गर अनि थाहा हुन्छ ब्रेकअप हुँदा कस्तो हुन्छ, म उसलाई कसरी रुवाउन सक्छु जसलाई मैले भगवानसंग रोएर मोगेको छु, चोट दिने पनि रुने, चोट लिने पनि रुने यसैलाई त भनिन्छ माया आदि संवादले पनि यो चलचित्रलाई दर्शनीय बनाएको छ ।  

 

प्रकाशित :भाद्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्