आफ्नो बिहेका लागि मेरी मम्मीसँग भेट

- साप्ताहिक संवाददाता

भाद्र २६, २०७४-

कलेज टाइममा खडानन्द र जीएफ ।

जीएफ : फेल भइस् भने रिक्सावालासँग बिहे गर्दिन्छु भन्नुभो बाबाले..... ।

खडानन्द : पख न त, धैर्य गर, मलाई पनि फेल भइस् भने रिक्सा नै किन्दिन्छु भन्नुभाको छ बुबाले ।

खडानन्द र साथी ।

खडानन्द : भनिन्छ, प्रेममा भोक प्यास सबै हराउँछ रे ।

साथी : हो त, किन र....?

खडानन्द : हौ त्यसै हो भने प्रेमी जोडीहरू केएफसी र पिज्जा हट्मा के रुमाल लुकाइ खेल्न जाने हुन् र ?

खडानन्द कलेज टाइममा ।

खडानन्द (अपरिचित केटीको छेउमा गएर) : आई लभ यू ।

केटी : के भनिस् ? मैले सुनिन ... फेरि भन् त ।

खडानन्द : लक्ष्मी माताकी जय !

खडानन्द र भिखारी ।

भिखारी : मालिक, ३० रुपैयाँ दिनुस् न, चिया खान्छु ... ।

खडानन्द : हँ ?..... चिया त १५ मा आउँछ नि !

भिखरी : गर्लफ्रेन्ड्लाई पनि ख्वाउनु छ हजुर ।

खडानन्द : वाह..... भिखारीले पनि गर्लफ्रेन्ड बनाएको ?

भिखारी : त्यसो होइन हजुर.....गर्लफ्रेन्डलें भिखारी बनाएको हो ।

खडानन्द र जीएफ ।

जीएफ : मेरो मोबाइल जहिले पनि आमासँग हुन्छ ।

खडानन्द : ए हो र ? कुनै दिन आमाले थाहा पाउनुभो भने ?

जीएफ : थाहा पाउनुहुन्न, तिम्रो नाम ब्याट्री लो भनेर सेभ गरेकी छु । तिम्रो कल आयो भने ‘ला यो मोबाइल चार्जमा राख’ भनेर दिनुहुन्छ आमाले ।

खडानन्द र जीएफ ।

जीएफ : सुन त खडु, १२ कक्षामा ८० प्रतिशत आयो भने स्कुटर ल्याइदिन्छु भन्नुभा’को छ ड्याडले ।

खडानन्द : मसँग तिम्ले तुलनै नगर न यार । मलाई त १० कक्षामै, त्यो पनि ३३ प्रतिशत नम्बर ल्याउँदा नै खेत जोत्ने ठूलो ट्रयाक्टर ल्याइदेका थिए मेरा बाउले ।

खडानन्द र जीएफ ।

जीएफ : खडु, तिम्ले मलाई ५० रुपैयाँँको रिचार्ज हालिदिएका थियौ ?

खडानन्द : अँ..... हिजो मेरो जन्मदिन थियो, ग्रह दशा मन्छाएर बाउले मलाई ५० रुपैयाँँ दिँदै कुनै गरिबलाई दान दिनु भन्या थिए, त्यही भएर ।

खडानन्द र जीएफ ।

जीएफ : खडु, मेरो मुटु मोबाइल हो, तिमी त्यसको सिमकार्ड ।

खडानन्द : एउटा कुरा सोधूँ....?

जीएफ : सोध न ....।

खडानन्द : त्यो मोबाइल डबल सिम कार्डवाला त होइन नि....???

खडानन्दले आफ्नी प्रेमिकाको नाम ब्लेडले आफ्नो हातमा लेखे । अनि एकछिन पछि कोकोहोलो गर्दै रुन थाले ।

साथी : ओए खडु, के भयो ? धेरै दुख्यो कि क्या हो ?

खडानन्द : हैन यार, नामको स्पेलिङ नै गलत भएछ ।

खडानन्द र जीएफ ।

खडानन्द : हाम्रो बिहेका लागि तिम्रो घरका सबै सदस्य कसरी सहमत भए ?

जीएफ : एउटा प्रश्न सोधे, त्यसको उत्तर दिएपछि 

सहमत भए ।

खडानन्द : के सोधे तिम्लाई ?

जीएफ : केटो के गर्छ ? भनेर सोध्या थिएँ, मैले केटो पेटभित्र लात्ती हान्दैछ भन्दिएँ ।

खडानन्द कलेज टाइममा ।

खडानन्द : तिमी मसँग लभ गर्छौ ?

केटी : गर्दिनँ ।

खडानन्द : अँ.....तिम्री बहिनीसँग सोधि हेर न .... उनले गर्छिन् कि ?

खडानन्द र जीएफ रेस्टुराँको टेबलमा बस्या थिए । ग्लासको छेउमा एउटा भुसुनो घुमिरहेको थियो । खडानन्दले च्याप्प समातेर उक्त भुसुना मारे ।

जीएफ : कति निर्दयी छौ खडु तिमी, म त एउटा कमिला पनि म×र्‍या हेर्न वा मार्न सक्दिनँ ।

त्यत्तिकैमा वेटर आयो ।

वेटर : म्याडम, अर्डर ?

जीएफ: एउटा चिकेन तन्दुरी.....।

खडानन्द र जीएफ

खडानन्द : मसँग बिहे गर न, हाम्रा हजुरबा गाउँका सबैभन्दा ठूला मान्छे हुन् ।

जीएफ (मनमनै) : निकै 

खान्दानीजस्तो छ ।

(बिहेपछी)

पत्नी (पहिलेकी जीएफ) : हाम्रा हजुरबा गाउँकै ठूला भन्या हैन ? यही हो ताल.....?

खडानन्द : कुरै बुझ्दैनौ यार.....हाम्रा हजुरबा अस्ति असारदेखि ठ्याक्कै १ सय १६ वर्ष पुगे, यतिको उमेरको मान्छे यो गाउँमै छैन ।

कलेज टाइममा खडानन्द र जीएफ ।

जीएफ : तिमी आफ्नो बिहेका लागि मेरी मम्मीसँग भेट् है ।

खडानन्द : अहँ, हुँदैन..... यो मनमा तिमीबाहेक अरू कोही 

छँदै छैन । 

 

      संकलक : जीवन भट्टराई

प्रकाशित :भाद्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्