पल नो गुड ब्वाइफ्रेन्ड, पर्फेक्ट हसबेन्ड

- अनोज रोक्का

भाद्र २६, २०७४

नेपाली चलचित्र वृत्तमा चर्चामा रहेको जोडी हो— पल शाह र आँचल शर्मा । प्रेम–प्रसँगसँगै उनीहरूको केमेस्ट्रीको चर्चा पनि उत्तिकै छ । पल र आँचल अभिनीत चलचित्र जोनी जेन्टलमेन्ट यही भदौ ३० गते अल नेपाल रिलिज हुँदैछ । यो चलचित्रको रेड कार्पेट प्रिमियर हङकङमा गरिएको थियो । प्रिमियरमा भेटिएका पल र आँचलले साप्ताहिकसँग एक–अर्काको कुरा यसरी सेयर गरे ।  

पलबाट आँचल 

आँचलको नराम्रो बानी 

एकदमै जिद्दी ।

आँचललाई सुहाउने कलर 

पिङ्क र ओरेन्ज कलर खुलेको पाउँछु । 

आँचलसँग एक महिनाका लागि टाढा कहीं जानुपर्‍यो भने ? 

एक महिना त सक्दिनँ, पागल हुन्छु होला । छोटो समयका लागि चाहिँ कुनै रमणीय प्राकृतिक स्थल जान्थ्यौं होला । 

रियल लाइफमा आफ्नै अगाडी आँचलसँग कसैले फ्लर्ट गरे ? 

जसले फ्लट गर्नुहुन्छ उहाँलाई तपार्इं धेरै राम्रो मान्छे, यस्तो गर्नु राम्रो होइन भनेर मायालु पाराले सम्झाउँथे । 

आफूबाहेक आँचलसँग स्क्रिनमा सुहाउँदो जोडी ? 

कथाअनुसार गुड लुकिङ भएको जो–कोही । 

आँचलको थेगो वा कुनै बानी ?

हात धेरै नचाएर बोल्ने ।

आँचलबाट पल 

पलको मन पर्ने अंग ?

ओठ, दाँत र हाँसो मन पर्छ ।

पलको नराम्रो बानी 

छिट्टै रिसाउने ।

पललाई सुहाउने कलर 

पिंक, ग्रिन र ब्ल्याकमा पर्फेक्ट पाउँछु ।

पलसँग रिसाएको क्षण 

त्यस्तो धेरै रिसाएको छैन । पल र मेरो रिस क्षणिक मात्र हुन्छ । 

पललाई ब्वाइफ्रेन्ड बनाउने कि हसबेन्ड ? 

पल नो गुड ब्वाइफ्रेन्ड, हसबेन्डमै पर्फेक्ट होला । 

 

 

प्रकाशित :भाद्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्