प्रणय भए मिष्टर काठमाडौं, रजनी महिला फिजिक्स (फोटो फिचर)

- साप्ताहिक संवाददाता

भाद्र २५, २०७४-

जिमखानाका प्रणय शाहीले दोस्रो मिस्टर काठमाडौं शारीरिक सुगठनको उपाधि जितेका छन् । ७५ किलोग्राम भन्दा बढीको तौल समूहमा सहभागि भएका प्रणयले आफ्नो तौल समूहमा प्रथम हुदैं सबै विधामा उत्कृष्ठ भएर मिस्टर काठमाडौंको उपाधि हात पारेका छन् ।  

शुक्रवार भएको प्रिजजिङवाट खेलाडीहरुलाई फाइनल चरणमा छनोट गरिएको थियो । काठमाडौं बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसनले शनिवार आयोजना गरेको प्रतियोगितामा ५५ केजीमा आवाज प्याकुरेल, ६० केजीमा रमेश कार्की, ६५ केजीमा सुरेश मुनिकार र ७० किलोग्राममा अमित मण्डल विजेता भएका थिए । मण्डलले बेष्ट प्रफर्मरको उपाधि पनि हात पारे । 

पहिलो पटक आयोजना गरिएको जुनियर मिस्टर काठमाडौंको उपाधि फिटनेस फस्टका दामोदर श्रेष्ठले हात पारे । मिस्टर काठमाडौमै आयोजना गरिएको दोस्रो महिला एथलेटिक्स फिजिक्समा व्यायाम मन्दिरकी रजनी श्रेष्ठ विजेता भइन् । उक्त स्पर्धामा शोभा मानन्धर दोस्रो र सन्ध्या श्रेष्ठ तेस्रो भइन् ।

दोस्रो महिला एथलेटिक्स फिजिक्स फाइनलको भिडियो

 

प्रकाशित :भाद्र २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्