माघ २६ गते ‘शेरबहादुर’ फिल्म हलमा

- साप्ताहिक संवाददाता

भाद्र २५, २०७४-

माघ २६ गते नेपाली हलमा रिलिज हुने चलचित्र ‘शेरबहादुर’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । केही समय अघिमात्रै सुटिङ सकिएको ‘शेरबहादुर’को रिलिज डेट सार्वजनिक भएसँगै पोस्टर सार्वजनिक भएको हो । 

आर राजवंशीले निर्देशन गरेको चलचित्रको सार्वजनिक  पोस्टरमा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान र रविन्द्र झालाई प्रस्तुत गरिएको छ । 

गौरीशंकर धुनुजु र धिराज राजवंशीको लागनी रहेको चलचित्रमा कथा प्रमोद क्षेत्रीको रहेको छ । नाम अनुसार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासाग मिल्म गएता पनि चलचित्र उनको जीवनीको आधारमा नभएको निर्माण पक्षले जानकारी दिएको छ । धिराज प्रोडक्सनको व्यानरमा निर्मित ‘शेरबहादुर’मा कोशिस क्षेत्रीको शब्दरसंगीत रहेको छ ।

 

प्रकाशित :भाद्र २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्