खानका फ्लप चलचित्र

- एजेन्सी

भाद्र २५, २०७४-

बलिउडमा तीन खानलाई सुपरस्टार मानिन्छ । आमिर खान, सलमान खान तथा शाहरूख खानले अभिनय गरेका अधिकांश चलचित्र व्यवसायिक रूपमा सफल हुन्छन् । आज पनि वितरकहरू उनीहरूका चलचित्र किन्न डर मान्दैनन् । उनीहरूका चलचित्र सफल हुने निश्चित भएकै कारण निर्माताहरू पनि लगानी गर्न पछि पर्दैनन् ।

यति हुँदाहुँदै पनि यी तीन खानका कतिपय चलचित्र व्यवसायिक रूपमा असफल भएका छन् । पछिल्ला १० वर्षयता तीनै जना खानका ४४ वटा चलचित्र प्रदर्शन भए । तीमध्ये सलमान खानका २१ चलचित्रमध्ये ९ वटा चलचित्र सुपरफ्लप भए भने शाहरूखका तीन चलचित्रले बक्सअफिसमा कुनै कमाल देखाउन सकेनन् । यसैगरी आमिरका दुई चलचित्र असफल रहे ।

सलमान खानका असफल चलचित्रमा सलाम–ए–इश्क, मेरीगोल्ड, मैं और मिसेज खन्ना, गड तुस्सी ग्रेट हो, हिरोज, युवराज, लन्डन ड्रिम्स, वीर तथा ट्युबलाइट छन् । शाहरूखका १५ चलचित्रमध्ये बिल्लू, फ्यान तथा जब हेरी मिट सेजल असफल भए भने आमिरका ८ चलचित्रमध्ये धोवीघाट तथा तलाश असफल रहे ।  

 

प्रकाशित :भाद्र २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्