सृष्टिको बिम्ब सार्वजनिक

- साप्ताहिक संवाददाता

भाद्र २५, २०७४-

प्रवासमा रहेका गीतकार बि.एम गुरुङको एल्वम सृष्टिका बिम्ब सार्वजनिक भएको छ । शनिबार राजधानीमा विमोचन गरिएको उक्त एल्वमलाई बिन्ध्यबासिनी म्युजिकले बजारमा ल्याएको हो ।  

अग्रज गीतकार किरण खरेल तथा बरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधान तथा संगीतकार राजु सिंहले एल्वम सयुक्त रुपमा विमोचन गरेका थिए ।

संगीतकार राजु सिंहले एल्वमका गीत माथि टिप्पणी गरेका थिए । एल्वमका सबै गीत निक्कै मेहनत गरेर तयार पारिएको सिंहले बताए । एल्वममा जम्मा ६ वटा गीत समावेश रहेका छन् । ६ गीतमा नेपालका चलेका ६ संगीतकार, संगीत संयोजक तथा गायक गायिकालाई चलाईएको छ । 

कार्यक्रममा गीतकारको भने उपस्थिती रहेको थिएन् । गीतकारले प्रवासबाटै धन्यवाद ज्ञापनको सन्देश पठाएके थिए ।

प्रकाशित :भाद्र २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्