आवरण कथाले ध्यान तान्यो

- साप्ताहिक संवाददाता

भाद्र २४, २०७४- 

साप्ताहिक उत्कृष्ट छ । म यसको नियमित पाठक हुँ । साप्ताहिकलाई अझ उत्कृष्ट बनाउनुहोला । 

- खेमु सुवेदी

साप्ताहिकको आवरण कथाले मेरो ध्यान तान्यो (फ्रन्टपेज : नेपालमा के गरे रामरहिमले) । रामरहिमले नेपाल आएर के गरे भन्ने कुरा घतलाग्दो रहेछ । यस्तो महत्वपूर्ण सूचनाका लागि धन्यवाद साप्ताहिक ।

-रमेश कार्की

कवयित्री तोया गुरुङका बारेमा धेरै पछि पढ्न पाइयो (यात्रा सन्दर्भ : तोया : समय–समयको कुरा) । मानिसहरू गुमनाम हुुनुमा मिडियाकै हात छ । अहिले चर्चामा रहेका पात्रहरू बढी खोजिन्छ । पुराना स्रष्टाहरू ओझेल पर्दै गएका छन् । बेला–बेलामा उनीहरूलाई पनि ठाउँ दिनु उपयुक्त हुन्छ । 

- सुमन गुरुङ

अनिताजी, समाजसेवालाई निरन्तरता दिनुहोला (अन्तरवार्ता : लिगेसी मात्र सबै कुरा होइन) । तराई–पहाड जोड्ने काममा इँटा बन्ने प्रयास गर्नुहोस् । आममानिसले तपाईंबाट यही अपेक्षा गरेका छन् ।

- सुजन 

ढिलै भए पनि आन्दोलनरत दलहरू चुनावमा सामेल हुनु सुखद कुरा हो (स्थानीय तह निर्वाचन : वीरगन्जको चहलपहल) । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न होस् । 

- प्रदीप मजगैंयाँ

अन्य प्रतियोगिता भन्दा फरक लाग्यो (हेरिटेज क्विन नेपाल) । यस्तै फरक सन्देश बोकेका प्रतियोगिता आयोजित हुनु जरुरी छ । 

- खगेन्द्र कार्की

जनताका लागि काम गर्ने नेता चाहियो (रौतहटमा कसले मार्ला बाजी ?) । जसले जिते पनि जनतालाई केन्द्रबिन्दुमा राखून् । विकास निमार्णमा ध्यान दिऊन् । 

- भरत मल्ल

चर्चित गीतहरूको पृष्ठभूमि जान्न पाइन्छ (चर्चामा : यसरी फुर्छ कर्णप्रिय गीत) । प्राय: मिडियामा यस्ता स्टोरी कमै पढ्न पाइन्थ्यो । यसपालि साप्ताहिकमा पढ्न पाउँदा खुसी लाग्यो । 

- जुनु आचार्य

नायक राजेश हमाल राहत लिएर तराई पुगेको समाचारले खुसी तुल्यायो (फिल्मी डायरी : राहत बाँड्दै हमाल) । विपद्का बेला पीडितको घाउमा मल्हम लगाउन जरुरी थियो ।

- अनिता ढकाल

चलचित्र नालापानीका लागि अग्रिम बधाई ! (बन्ने भो नालापानी) बिर्संदै गएको इतिहास चलचित्रका माध्यमबाट बुझाउने प्रयत्न हुन लागेकोमा खुसी लाग्यो । 

- दिलीप सापकोटा

हो, मानिसको मन हजारौं याद र गुनासाहरूले भरिएको हुन्छ (मुक्त आकाश : यो झरीमा तिमीसँगै) । जिन्दगीमा कतै न कतै चुकिएकै हुन्छ । नत्र त जीवन अर्कै हुन्थ्यो नि † मानिस बाँच्ने भनेकै यादहरूको सहाराले त हो ।

- हेम थापा

अचम्मका तस्बिर हेर्न पाइयो (तस्बिर बोल्छ : मोटा कुस्तीबाज) । सुमो आफैंमा अनौठो प्रतियोगिता हो ।

- किरण

नेपालले नै जितेको हेर्न मन थियो (नेपालभन्दा अगाडि भारत) । अर्को पटक नेपालले यो हारको बदला लिन सकोस् । 

- हितेश खड्का

यी टिप्स उपयोगी लागे (योग र जीवन : मानसिक तनावमा योग) । घरमै बसेर पनि योग गर्न सकिन्छ । यसले पैसा र समय दुवैको बचत गर्छ । साप्ताहिकमा यस्तै टिप्सहरू पढ्न पाइयोस् ।

- भक्त लामा

अमृता र विक्रमजी दुवैलाई शुभकामना छ (अमृता र विक्रमलाई मोडल हन्ट) । बाहिरी मात्र होइन, बौद्धिक सुन्दरतामा पनि ध्यान पुर्‍याउनुहोला । 

- तिलक शाह

नेपालीहरू जहाँ भए पनि आफ्नो कला–संस्कृतिलाई माया गर्छन् (हङकङमा तयामा खियामा) । जातजाति एवं भाषालाई सम्मान गर्छन् । यो सुखद पक्ष हो । संसारको जुनसुकै कुनामा भए पनि हामीले आफ्नो पहिचान तथा संस्कृति बिर्सनु हुँदैन । 

- अन्जान घिमिरे 

 

प्रकाशित :भाद्र २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्