पूर्वविवाहित छन् छवि र शिल्पा

- साप्ताहिक संवाददाता

भाद्र २४, २०७४-

जानकारहरूको दाबी छ, शिल्पा पोखरेल र छवि ओझाको विवाह भएको पनि आठ–नौ महिना बितिसकेको छ ।

उनीहरूले किस्मत–२ को प्रदर्शनलगत्तै मन्दिरमा निकटतम पारिवारिक सदस्यहरूबीच विवाह गरेको र अहिले सँगै बस्दै आएको आफन्तहरूबाट लुकेको छैन, बरु लुकाइएको छ त स्वयं छवि र शिल्पाबाट । आफ्नो विवाहको खबर किन सार्वजनिक गर्ने आवश्यकता महसुस नगरिएको हो, उनीहरूले नै जान्ने कुरा हो ।

सम्भवत: छवि र शिल्पा आफ्ना बारेमा मिडियामा आउने विभिन्न किसिमका हल्लाको मजा लिन चाहन्छन् अथवा यसको अरू कुनै गम्भीर कारण पनि हुन सक्छ ।

यद्यपि झ्याइँ नै पारिसकेपछि लुकाउनु नै किन— जब सादी किया तो डरना क्या ? कसो छविजी ?  

 

प्रकाशित :भाद्र २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्