यौन झाँक्रीको व्यापार विस्तार

- एजेन्सी

भाद्र २३, २०७४-

भूत प्रेत धपाउने झाँक्रीका बारेमा धेरैलाई जानकारी हुन सक्छ, तर यौन झाँक्री पनि हुन्छन् भन्दा पत्यार नलाग्न सक्छ । न्युजिल्यान्डकी ३१ वर्षीया साने मारीको नाम यौन झाँक्रीका रूपमा देश–विदेशमा प्रसिद्ध छ । पहिले पब, रेस्टुराँ तथा डान्स बारमा कामोत्तेजक नृत्य गर्ने साने अहिले अस्ट्रेलियामा यौन झाँक्रीका रूपमा लोकप्रिय छिन् ।

स्ट्रिपर डान्स गर्ने क्रममा मानिसहरूको यौन चाहना, भावना एवं समस्याहरू बुझेकी साने अहिले कसरी बढी यौनआनन्द प्राप्त गर्न सकिन्छ भन्ने विषयमा झारफुक गर्दै विभिन्न तौरतरिका सिकाउँछिन् ।

स्ट्रिप क्लबहरूमा आयोजना हुने नृत्यले धेरै यौन समस्या समाधान गर्ने उनको अनुभव छ । यौनमा खुल्न नसक्ने पुरुषहरू स्ट्रिपर युवतीलाई खेलौना सम्झेर आफ्नो यौन इच्छा पूरा गर्छन् । यसैगरी स्ट्रिपरहरूले पनि ती पुरुषको पर्समा भएको पैसा हेरेर सेवा प्रदान गर्छन् ।

अहिले सानेकहाँ झारफुक गराउँदै यौन समस्या समाधान गर्न महिला तथा पुरुष दुवै उत्तिकै आउँछन् भने उनी यो सेवालाई युरोपमा समेत विस्तार गर्ने योजनामा छिन् । 

 

प्रकाशित :भाद्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्