मोटा कुस्तीबाज

- साप्ताहिक संवाददाता

भाद्र २३, २०७४-

जापानको परम्परागत कुस्ती सुमोलाई आवश्यक शरीर भनेको अत्यधिक मोटो हुनु नै हो । जापानमा यो खेलको प्रशिक्षण लिन अन्य देशका खेलाडीहरूसमेत पुग्ने गरेका छन् ।

१५ औं शताब्दीदेखि जापानमा खेलिन थालेको सुमोका खेलाडीहरूको शरीर जति आकर्षक हुन्छ उनीहरूको खानपिन एवं जीवनशैली पनि त्यत्तिकै नौलो हुन्छ । सामान्य पुरुषलाई दैनिक २ हजार ५ सय क्यालोरी भए पुग्छ भने सुमोका खेलाडीहरूले अनिवार्य रूपमा ८ हजार क्यालोरी खानैपर्छ ।

मोटो भएका कारण श्वास–प्रश्वासमा समस्या आउँछ भनेर उनीहरू कृत्रिम अक्सिजन जोडेर सुत्छन् । केश कोरेर चिटिक्क पार्नुपर्ने हुनाले केश कोरिदिन तथा उनीहरूको स्याहार–सुसार गरिदिन धेरै थरीका पेसागत मानिसहरू लागिपरेका हुन्छन् । 

 

प्रकाशित :भाद्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्