दयासँग रेखा

- साप्ताहिक संवाददाता

भाद्र २३, २०७४-

दयाहाङ राई अहिले सबैभन्दा धेरै चलचित्रमा काम गर्ने अभिनेता हुन् भने राईसँग रेखा थापाको कुनै सम्बन्ध थिएन, किनभने यी दुईले अहिलेसम्म कुनै पनि चलचित्रमा स्क्रिन सेयर गरेका थिएनन् । रेखा दयाहाङको स्वभाविक अभिनयको प्रशंसक हुन् भने दयाहाङ पनि रेखाको अदाकारीको ।

रेखा र दयालाई एकसाथ स्क्रिनमा ल्याउने पहिलो प्रयास गरेका छन्— निर्देशक फूलमान बलले । बलको निर्माणरत चलचित्र नीरफूलमा दयाहाङ मुख्य भूमिकामा छन्, तर अन्तिम समयमा आएर उक्त चलचित्रको एउटा विशेष भूमिकामा रेखा थापा पनि सामेल भएकी छिन् ।

फरकधारबाट चम्किएका दयाहाङ तथा मूलधारकी रेखा थापाको यो केमेस्ट्रीले कस्तो रंग ल्याउने हो, भविष्यले नै बताउला । 

 

प्रकाशित :भाद्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्