गायकका छोराको पहिलो गायन

- साप्ताहिक संवाददाता

भाद्र २३, २०७४-

लोकप्रिय गायक हेमन्त शर्माका छोरा पनि गायनमा आएका छन् । अध्ययनजको सिलसिलामा हाल अष्ट्रेलियामा रहेका शर्माका जेठा छोरा हिरक हेमन्त भट्टराईले पहिलो पटक गाएको गीत ‘आइ आएम सरी’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आफ्ना बाबुको शब्द संगीत रशेको उक्त गीत हिरकले २ वर्ष पहिला नै गाएका हुन् । पहिलो पटक गीत गाएका हिरकको स्वर सार्वजनिक गीतमा फिट सुनिएको छ ।

गीतको म्यूजिक भिडियोमा रुक्शा शर्माका साथमा गायक हिरकले नै अभिनय गरेका छन् । गायनमा लामो समय व्यतित गरेका हेमन्त शर्माले आफ्नो दोस्रो पुस्ताले पनि आफ्नो क्षेत्रलाई निरन्तरता दिदा खुशी लागेको बताएका छन् । उता, हिरक पनि आफ्ना पिताको बाटोमा हिड्न पाउादा खुशी भएको बताउाछन् । 

आइएम सरीको म्यूजिक भिडियो

 

प्रकाशित :भाद्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्