लाटीको छोरो

- साप्ताहिक संवाददाता

भाद्र २३, २०७४-

अनामनगरस्थित मण्डला थिएटरमा नाटक लाटीको छोरो मञ्चन भैरहेको छ । धेरै पछि रंगकर्मी तथा चरित्र अभिनेता टिका पहारीलाई रंगमञ्चमा ल्याएका छन् निर्देशक सुलक्षण भारतीले । वि.सं. २०३३ मा नाटकमा अभिनय गरेपछि चलचित्रमा रमाउन पुगेका अभिनेता पहारी तीन दशकको अन्तरालपछि नाटक लाटीको छोरोमार्फत रंगमञ्चमा फर्किएका छन् ।

यो नाटकमा केनिपा सिंह, पशुपति राई, सन्देश लामिछाने, रियर राई, प्रकाश दाहाल, रोशन सुवेदी, राजन काफ्ले, सुदीप खतिवडा, आयान खड्का, मिलन कार्की, अर्चना पन्थी आदिले समेत अभिनय गरिरहेका छन् । नाटक लाटीको छोरा असोज ८ गतेसम्म मञ्चन हुने बताइएको छ ।  

 

प्रकाशित :भाद्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्