पोस्टर ब्वाइज

- साप्ताहिक संवाददाता

भाद्र २३, २०७४-

निर्देशक : श्रेयस तलपडे संगीत : तनिष्क बागची कलाकार : सनी देवल, बबी देवल, श्रेयश तलपडे, सोनाली कुलकर्णी आदि ।

चलचित्र पोस्टर ब्वाइजको कथा जगावर चौधरी, विनय शर्मा तथा अर्जुन सिंहको वरपर घुम्छ । धेरै पछि सनी देवल, बबी देवल तथा श्रेयस तलपडेद्वारा अभिनीत चलचित्र प्रदर्शनमा आउन लागेको हो । आज शुक्रबार सार्वजनिक हुने हास्यप्रधान चलचित्र पोस्टर ब्वाइजमा तीन किसिमको स्वभाव भएका जगावर, विनय र अर्जुनको तस्बिर स्थायी बन्ध्याकरणको प्रचार गर्ने एउटा पोस्टरमा देखा पर्छ । त्यसपछि यी तीनै जना आश्चर्य चकित हुन्छन् । गाउँका सबैले ती तीनै जना अविवाहितले स्थायी बन्ध्याकरण गरेको भनेर जिस्क्याउन थालेपछि उनीहरूले आफ्नो बेइज्जती भएको महसुस गर्छन् ।

कल्पना नै नगरेको समस्यामा परेपछि ती तीनै जनाले एउटा निर्णय लिन्छन् र आफ्नो बेइज्जती गर्नेहरूविरुद्ध लागिपर्छन् । अभिनेताका रूपमा चर्चा पाइरहेका श्रेयस तलपडे चलचित्र पोस्टर ब्वाइजबाट निर्देशक समेत भएका छन् । कुनै बेलाका एंग्री योंग म्यान सनी देवल तथा उनका भाइ बबी देवलका साथ तलपडे आफैं पनि मुख्य भूमिकामा प्रस्तुत हुने यो चलचित्र यो साता नेपाली हास्य चलचित्र दुई रुपैयाँसँगै प्रदर्शनमा आउँदैछ ।  

 

प्रकाशित :भाद्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्