आजबाट हलमा दुई रुपैयाँ

- साप्ताहिक संवाददाता

भाद्र २३, २०७४-

निर्देशक : असिम शाह संगीत : राजनराज शिवाकोटी तथा रोशन थापा कलाकार : निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, रवीन्द्र झा, राजन इशान, मेनुका प्रधान, टीका पहारी, विशारद बस्नेत आदि ।

दुई युवक दार्‍ही र जुरेलीको मित्रताको कथा हो— चलचित्र ‘दुई रुपैयाँ’ ।

आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘दुई रुपैयाँ’मा दार्‍ही र जुरेलीको भूमिकामा क्रमश: आसिफ शाह र निश्चल बस्नेत छन् । निश्चल बस्नेत निर्देशकका रूपमा चर्चामा आएका हुन् भने आसिफ शाहले पनि दर्जनौं म्युजिक भिडियो, टेलिविज्ञापनका साथै एवं चलचित्र ‘कर्कश’ निर्देशन गरेका थिए । चलचित्र ‘दुई रुपैयाँ’मा मोजमज्जा गर्ने क्रममा अपराधको जालोमा परेका दार्‍ही र जुरेलीले त्यो जालोबाट उम्कँदै आफूले पनि कमाउने योजना बनाउँछन्, तर उनीहरू थप अपराधको जालोमा फस्दै जान्छन् ।

चलचित्र ‘दुई रुपैयाँ’मा दार्‍ही र जुरेली एउटा विशेष नम्बर अंकित दुई रुपैयाँको नोट लिएर तस्कर गिरोहका नाइकेको अवैध सामान लिन जाने क्रममा हुन्छन् तर बीचमै त्यो दुई रुपैयाँ हराउँछ र त्यसपछि समस्या आरम्भ हुन्छ । हास्यप्रधान चलचित्र ‘दुई रुपैयाँ’को छायांकन झापा वरपरको क्षेत्रमा गरिएको हो । असिम शाहको पहिलो निर्देशनको चलचित्र ‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ प्रदर्शनअगावै लोकप्रिय भैसकेको छ । त्यसैले पनि चलचित्र ‘दुई रुपैयाँ’ लाई बहुप्रतिक्षित चलचित्र मानिएको छ । 

 

प्रकाशित :भाद्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्