Teej banner

भदौ २३ देखि २९ गतेसम्मको साप्ताहिक राशीफल

  • भदौ २३ गते : शिक्षा दिवस

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

भाद्र २३, २०७४

 

 

मेष 

अग्रजहरूसँग अनुभव हासिल गरी अवसर पहिल्याउन सकिनेछ । विदेश भ्रमण सार्थक बनाउन थप खर्च गर्नुपर्ला । रातो पहिरनले अपेक्षाकृत परिणाम प्राप्त गर्न सहयोग पुर्‍याउनेछ । सवारी साधन खरिद गर्ने योजना अभिभावकहरूबाट अनुमोदन हुन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा समस्या सिर्जना हुनेछ ।

वृष 

प्रेमप्रस्ताव प्राप्त हुन सक्छ, होस पुर्‍याएर निर्णय गर्नुहोला । आफ्नै लगनशीलतामा प्रतिष्ठित कार्य सम्पन्न गर्न सकिनेछ । हठले कुनै फाइदा पुर्‍याउनेछैन । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । अध्ययनका लागि विदेशयात्राको साइत तय हुनेछ । साताको अन्त्यमा विभिन्न कार्यको सुखद परिणाम हात लाग्न सक्छ । 

मिथुन 

कुनै नयाँ योजना सम्पन्न गर्न प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन् । समस्याको गाँठो फुकाउन आर्थिक सहयोगसमेत प्राप्त हुनेछ । अर्काले गरेको छलकपटले पिरोल्न सक्छ । साताको अन्त्यमा घरायसी सामग्री खरिद गर्दै भोजभतेर तथा मनोरञ्जनमा समय खर्च होला । 

कर्कट 

मन पराउनेहरूले उपहार प्रदान गर्नेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन जोड्ने अवसर जुट्न सक्छ । आफ्न्तजनसँग रमाइलो यात्रा हुने सम्भावना छ ।

सिंह 

अनुशासन एवं मर्यादा पालनले आफैंलाई उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । रिस गर्नेहरू सलबलाउन सक्छन्, सचेत रहनुहोला । जिद्दी गर्दै गल्ती सच्याउन नमान्दा पछि परिएला । सरोकार नभएका विषयमा चासो राख्दा थप समस्याले सताउनेछ । साताको अन्त्यमा यात्राको साइत जुर्न सक्छ । 

कन्या

खानपानको समय–तालिका फेरबदल हँुदा स्वास्थ्य समस्याले सताउन सक्छ । तपाईंको डाहा गर्नेहरू भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । विपरीत लिंगीबाट प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । सबै खालको अवरोध निर्मूल पार्न मित्रजनको प्रेरणाले सहयोगी भूमिका निर्वाह गर्नेछ । 

तुला 

लगानीअनुरूप लाभ लिन सकिनेछ । विलासिताका सामग्री खरिद गर्न आकर्षित भइनेछ । अभिभावकहरूले आफ्नो भावनाअनुरूप सहयोग गर्नेछन् । मित्रहरूले सोचेजस्तो सहयोग नगर्दा रोजगारी गुम्ने अवस्था छ । दु्रत गतिमा सवारी साधन चलाउँदा विपत्ति आइलाग्न सक्छ । 

वृश्चिक 

मन मिल्ने साथीसँग भावनाको गाँठो अझ कसिलो हुनेछ । सोमबारपछिका दिनमा उनको निर्णायक साथ पाइनेछ । देखासिकी गर्नेहरू छटपटाउने हुँदा सजग भै कार्य गर्नुहोला । मनोरञ्जन गर्दा उचित स्थानको छनौट गर्नुहोला । साताको अन्त्यमा भोजभतेरमा सहभागी हुन पाइनेछ । 

धनु 

पूर्वपरिचित सहपाठीबाट विगतदेखि नै मन पराएको खुलासा हुन सक्छ । मनको भय–उत्साहमा परिणत हुँदै काम गर्ने हौसला प्राप्त होला । नयाँ क्षेत्रमा लगानी गरिनेछ । पूर्वतर्फको यात्रा गर्दा विशेष लाभ हुनेछ ।

मकर 

प्रेमी–प्रेमिकालाई उपहार प्रदान गर्न उत्सुक भइनेछ । परिस्थिति अनुकूल भए पनि भविष्यको चिन्ताले सताउन सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको आवश्यकता छ । अभिभावकको सहयोगमा नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भेटघाट तथा मनोरञ्जनमा समय खर्चर्नुपर्नेछ । 

कुम्भ

प्रेममा दुविधा उत्पन्न हुन सक्छ । साथीको विशेष भूमिकाले विवाद मत्थर हुनेछ । तपार्इंको उन्नति देखेर ईष्या गर्नेहरू छटपटाउनेछन् । पारिवारिक सल्लाहबेगर गरिएको आर्थिक कारोबारमा झमेला सिर्जना हुन सक्छ । वातावरणीय परिवर्तनले स्वास्थ्य प्रतिकूल बनाउन सक्छ । काम–व्यवहारमा संयम अपनाउनुहोला ।

मीन 

कुरा काट्नेहरू सलबलाएको अवस्था छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । मनभित्र उब्जिएको चञ्चलतालाई दबाउँदै संयमित रहनुमै आफ्नो कल्याण छ । अधुरा काम क्रमिक रूपमा सुचारु हुनेछन् । राति अबेरसम्मको यात्रामा समयको ख्याल गर्नुहोला । 

 

प्रकाशित :भाद्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्