गर्वाअस्था र यौनसम्पर्क

- डा. बालकृष्ण साह

भाद्र २२, २०७४-

गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन । त्यसले गर्भको शिशुलाई कुनै असर पुर्‍याउँछ ? 

गर्भावस्था एउटा विशेष अवस्था हो । यस्तो अवस्थामा यौनसम्पर्क गर्न नमिल्ने हुँदैन। शाल पाठेघरको मुखमा रहेको अवस्था, रक्तश्राव हुने जटिलताहरू भएको अवस्था तथा जोखिममा रहेको गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्दैन ।

यौन सम्पर्कले गर्भस्थ शिशुमा कुनै असर गर्दैन तर गर्भको अन्तिम समयमा अवधि नपुग्दै व्यथा सुरु हुन सक्छ । सामान्यत: गर्भको दोस्रो तीन महिना अर्थात् चौथो महिनादेखि सातौं महिनासम्म यौनसम्पर्क राख्दा खासै असर पर्दैन । यस्तो अवस्थामा यौनसम्पर्क राख्दा गर्भवती महिलाको इच्छा तथा आसनमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

  

डा. बालकृष्ण साह

स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

मोरङ सहकारी अस्पताल 

प्रकाशित :भाद्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्