लास सजाउने प्रतियोगिता

- एजेन्सी

भाद्र २२, २०७४-

जापानका सिन्तो धर्मावलम्बीहरूमा लासलाई आकर्षक ढंगले सजाएर दाहसंस्कार गर्ने चलन छ । आत्मा शुद्धिका लागि लासलाई नयाँ पहिरनले सजाएर अन्तिम संस्कार गरिने यो चलन अहिले प्रतिस्पर्धात्मकसमेत हुँदै गएको छ ।

बढ्दो आर्थिक समृद्धिका कारण परिवारका कुनै सदस्यको मृत्यु भए उसलाई महँगा पोसाक लगाइदिएर बिदाइ गर्ने यो चलन बढ्दै गएपछि विभिन्न कम्पनीले लास सजाउने कार्यलाई आफ्नो मुख्य पेसा बनाउँदै लगेका छन् । यही क्रममा हालै जापानको राजधानी टोकियोमा मृत्युपछिको संस्कारसम्बन्धी मेला नै सञ्चालन भएको थियो ।

उक्त मेलामा लास सजाउने प्रतियोगितासमेत सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा २३ वर्षीया रिनो तेराईले पहिलो स्थान हात पारिन् । लास सजाउने ओकिरिबिटो एकेडेमी सञ्चालन गर्दै आएका किमुरा कुसीका अनुसार जापानमा लास सजाउने कार्यमा २ हजारजति मानिस सक्रिय छन् ।  

 

प्रकाशित :भाद्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्