‘छक्का–पञ्जा २’को ट्रेलर

- साप्ताहिक संवाददाता

भाद्र २२, २०७४-असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा–२’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार साँझ सार्वजनिक भएको ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई समावेश गरिएको छ । दिपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा २’को ट्रेलरमा हास्यसँग युवा पुस्ताले सोच्ने समाजलाई चित्रण गर्ने खोजिएको छ । 

ट्रेलरमा नायिका बर्षा राउतलाई फरक लुक्समा देखाइएको छ । आमा सरस्वती मुभिज ब्यानरबाट बनेको चलचित्र छक्का पञ्जा २ गत बर्षको छक्का पञ्जा को सिक्वेल हो । चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का, बर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ । 

कलाकार दिपकराज गिरी चलचित्रका निर्माता हुन् भने बिकाश राज आचार्य कार्यकारी निर्माता हुन् ।

ट्रेलर 

प्रकाशित :भाद्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्