गायनको अभ्यासमा अन्जु पन्त

- साप्ताहिक संवाददाता

भाद्र २२, २०७४-

अहिलेको समय नेपालमा सबैभन्दा धेरै चलेकी गायिका हुन् - अन्जु पन्त । नेपाली गीतसंगीतमा सबैभन्दा धेरै अन्जुका गीत बिकेका छन् भन्न दरिलो एउटा उदाहरण हो यसै साता राजधानीमा वितरण भएको रोयल्टीको हिस्सा । नेपाली गीतसंगीतमा लामो समय बिताएकी अन्जु यतिबेला आफ्नो पहिलो एकल साँझको तयारीमा छिन् । 

अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि ‘अन्जु एकल गायन’का लागि प्रस्तुत हुन लागेकी अज्नुले गायनको अन्तिम तयारीमा रहेको बताएकी छिन् । आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजे हुने एकल गायनमा अन्जुले आफ्ना हिट तथा लोकप्रिय आधा दर्जन बढी गीत गाउँनेछिन् । गायनमा २७ जना वाद्यवादकको टोलीले उनलाई साथ दिने छन् । मंगलबारबाट राष्ट्रिय नाचघरको प्रांगणमा उनले अभ्यास थालेकी छिन् ।

अन्जुले एकल साँझबाट उठेको पैसा परोपकारी काममा खर्चिने पहिले नै घोषणा गरेकी छिन् । उनले एकल साँझबाट हुने फाइदाको रकम  पर्दा पछाडि काम गर्ने रेकर्डिस्टको संस्था रेकर्डिस्ट एसोसियनलाई ५० प्रतिशत र गरिब जेहनदार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने बताएकी छिन् । 

 

प्रकाशित :भाद्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्