हङकङमा पाँचौ ‘रन वे फेसन’ शो
भाद्र २२, २०७४
सेन्स अफ क्लिकको आयोजनामा पाँचौ रन वे फेसन शो सम्पन्न भएको छ । हङ्कङस्थित ‘लाईची कोक डिटु प्लाजा’को भब्य हलमा सम्पन्न फेशन शोमा दुई दर्जन बढि मोडलहरुले ईथ्निक वेयरहरु प्रर्दशन गरेका थिए ।
ईन्डिया, सिंगापुर लगायतबाट फेसन डिजाईनरहरुको सहभागीता रहेको कार्यक्रममा नेपालबाट चर्चित डिजाईनरहरु तेन्जिङ छितेङ् भुटिया, अन्ती गुरुङ्, सिवाङी प्रधानको सहभागीता थियो । फेशन शोमा सेन्स अफ क्लिकको आफ्नै प्रडक्सनका साथै साम साम बुटिक हङ्कङ र डिजे बुटिकका डिजाईनहरु प्रस्तुत गरिएको थियो ।
सेन्स अफ क्लिकले हरेक बर्ष रन वे फेसन शो को आयोजना गरिरहेको छ । नेपाली डिजाईन र कलालाई अन्तराष्ट्रियरुपमा प्रमोट र अवसरका लागि कार्यक्रमको आयोजना गरिएको क्लिकका सञ्चालक पवन सुब्बा बताउछन् ।
प्रकाशित :भाद्र २२, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्