यो कस्तो प्रतिस्पर्धा ?

- साप्ताहिक संवाददाता

भाद्र २२, २०७४-

चलचित्र क्षेत्रमा कुनै बेला भुवन केसी र शिव श्रेष्ठ, राजेश हमाल र धिरेन शाक्य, निखिल उप्रेती र विराज भट्ट, आर्यन सिग्देल र जीवन लुइँटेल, श्रीकृष्ण श्रेष्ठ र रमेश उप्रेतीजस्ता अभिनेताबीच एक प्रकारको अघोषित प्रतिस्पर्धा थियो ।

ती दुई–दुईमध्ये को बढी लोकप्रिय, कसले बढी पारिश्रमिक लिने, कसले राम्रा चलचित्र पाउने जस्ता विषयमा प्रतिस्पर्धा चल्थ्यो । यतिबेला त्यस्तै शैलीको प्रतिस्पर्धा अभिनेताद्वय अनमोल केसी तथा प्रदीप खड्काबीच चल्न थालेको बताइन्छ । दुवैले हालसम्म एक–अर्कालाई नभेटे पनि सञ्चारकर्मी तथा दर्शकहरूले उनीहरूबीच तुलना गर्न थालेका छन् ।

दर्शकहरूले पनि दुवै अभिनेतालाई एउटै चलचित्रमा हेर्ने चाहना राखिरहेको बेला अनमोल र प्रदीपबीच सबैभन्दा बढी पारिश्रमिक लिने को ? भन्ने प्रतिस्पर्धासमेत चलेको छ । चारवटा सफल चलचित्र दिइसकेका अनमोल तथा ब्याक टु ब्याक दुई सफल चलचित्रमा अभिनय गरेका प्रदीपबीच जे–जस्तो प्रतिस्पर्धा चले पनि उनीहरू दुवैले दर्शकको मन जितिरहेको कुरामा भने दुईमत छैन ।  

 

प्रकाशित :भाद्र २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्