एजुकेशन अवार्डको उत्कृष्ट १० लाई प्रमाण पत्र वितरण

- साप्ताहिक संवाददाता

भाद्र २१, २०७४- 

नेपालकै फरक शैलिको पहिलो शैक्षिक अवार्ड ‘नेशनल पावरन्युजले एजुकेशन अवार्ड —२०१७’ को उत्कृष्ट १० मा परेका स्कुल तथा कलेजहरुलाई राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रमाण पत्र वितरण गरिएको छ । नेपाल प्रज्ञा भवनमा कमलादीमा एक कार्यक्रमको आयोजना गरि कानुन, न्याय तथा संसदीय व्यवस्था राज्य मन्त्री दिलमान पाख्रिनले उत्कृष्ट १० मा पर्न सफल स्कुल तथा कलेजहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् । 

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट १० मा पर्न सफल विभिन्न स्कुल कलेजका प्रिन्सिपल, व्यवस्थापन प्रमुख, प्रतिनिधि एवं विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्दै राज्यमन्त्री पाख्रिनले यस्ता किसिमका कार्यक्रमहरुले स्कुल तथा कलेजहरुको अझ राम्रो गर्न हौसला प्रदान गर्ने बताए । नेशनल पावरन्युजले एजुकेशन अवार्ड जस्तो कार्यक्रमको सुरुवात गरेर नेपाल शैक्षिक संस्थाहरुमा सकारात्मक प्रतिष्पर्धी बनाएको बताए ।

कार्यक्रममा बोल्दै हिसानका सचिव रामहरी सिलवाल यस्ता प्रकारको कार्यक्रमले स्कुल तथा कलेजहरुलाइ अझ हौसला प्रदान गर्ने बताए ।नेशनल पावरन्युज एजुकेशन अवार्डका अध्यक्ष माधव राज खरेलले आफुहरुले सुरुवात गरेको अवार्ड कार्यक्रमले स्कुल तथा कलेजहरुवीच सकारात्मक प्रतिष्पर्धाको सुरुवात भएको भन्दै यस कार्यक्रमले कसैलाइ उचो र कसैलाइ निचो देखाउन नभएको पनि बताए । 

पहिलो प्रयासमा अवार्डको लागि दावेदार केही स्कुल तथा कलेजहरु छुटेको भएपनि आगामी संस्करणहरुमा सबैलाइ समेटेर लाने प्रयास गर्ने पनि बताए ।

कार्यक्रम निर्देशक समिर लामाले नेपालमा विल्कुलै नयाा प्रकृतिको अवार्ड कार्यक्रम सुरु गर्न पाएकोमा आफुलाइ ज्यादै खुसी लागेको बताए । कार्यक्रममा वान वे ट्राभल एण्ड टुर्स प्रा.लि. काठमाडौालाइ सम्मान गरिएको थियो भने सी.वी. माउण्ट फ्रेमिङ प्रा.ली का च्याङवा लामाले नेशनल पावरन्युज एजुकेशन अवार्डलाइ सफलताको शुभ कामना प्रदान गर्दै मायाको चिनो प्रदान गर्नु गरेका थिए ।

प्रकाशित :भाद्र २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्