चलचित्र फिक्काको ट्रेलर सार्वजनिक

- साप्ताहिक संवाददाता

भाद्र २१, २०७४-

नेपालका वास्तविक गाउँ तथा त्यहाँको गरिवीको कथालाई उठाएर तयार पारिएको पारिवारीक प्रेमकथाको चलचित्र ‘फिक्का’ को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ तथा चलचित्र सम्पादक नहकुल खड्काको लगानीमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता जापानमा बसोबास गर्ने अजय सुनार हुन् ।

चलचित्रलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन् । सार्वजनिक भएको ट्रेलरमा एक कलाकारको अन्धोपना, गरिवी, आमाको माया र प्रेमकथालाई फरक तरिकाले प्रस्तुत गरिएको देख्न सकिन्छ ।

मंसिर १ गतेदेखि प्रदर्शन लागेको यो चलचित्रका लेखक रीता खाती सुनार हुन् । चलचित्रमा अजय सुनार, खेलाडी तथा रेडियोकर्मी दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, इश्वरी बराल, मुस्कान काप्री आदि कलाकराले अभिनय गरेका छन् । चलचित्रमा राजु श्रेष्ठको सम्पदान, अनन्त घिमिरेको रंग संयोजन, अमित श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक छ । चेतन सापकोटाद्वारा संगीतबद्ध चलचित्रका गीतहरु अर्जुनरत्न भिकारीले रचना गरेका हुन् ।

यस्तो छ चलचित्रको  ट्रेलर

 

प्रकाशित :भाद्र २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्