माल्भिकाको पदार्पण

- एजेन्सी

भाद्र २१, २०७४-

करण जौहरको चलचित्र कभि खुसी कभि गममा अभिनेत्री करीना कपूरको बाल्यकालको भूमिका निर्वाह गर्ने बाल कलाकार माल्भिका राज अभिनेत्रीका रूपमा दर्शकमाझ आउने भएकी छिन् । अभिनेता इमरान हासमीको जोडीका रूपमा उनी चलचित्र क्याप्टेन नवावमार्फत बलिउडमा पदार्पण गर्न लागेकी हुन् ।

सत्य घटनामा आधारित उक्त चलचित्रमा इमरानले पहिलो पटक सैनिकको भूमिका निर्वाह गर्दैछन् । चलचित्रका निर्देशक टोनी डिसुजा माल्भिकाको अभिनयबाट सन्तुष्ट देखिन्छन् । बलिउडका लागि उनी नयाँ अनुहार हुन्, निर्देशक टोनीले भनेका छन्– यद्यपि अभिनयमा उनी नयाँ होइनन्, पहिलो चलचित्र भए पनि दर्शकले उनमा खारिएकी अभिनेत्रीको झलक पाउने छन् ।  

 

प्रकाशित :भाद्र २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्