शिल्पाको ‘मंगलम’को पहिलो पोस्टर सार्वजनिक

- साप्ताहिक संवाददाता

भाद्र २१, २०७४-

नायिका शिल्पा पोख्रेल पहिलो पटक प्रस्तुतकर्ता रहेको चलचित्र ‘मंगलम’को पहिलो पोस्टर सार्वजनिक भएको छ । बाघ निर्माताका रुपमा परिचित छविराज ओझा कार्यकारी निर्माता रहेको चलचित्रको सार्वजनिक पोस्टरमा शिल्पालाई नै केन्द्रमा देखाईएको छ । प्रदर्शन मितिका बारेमा लामो समय चुपचाप बसेका छविराज ओझाले चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेसँगै पहिलो पोस्टर पनि सार्वजनिक गरेका हुन् । 

सार्वजनिक पोस्टरमा अतिथी भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई समेत स्थान दिइएको छ । पोष्टरमा साम्राज्ञीले समाएको फ्रेममा नायिका शिल्पा पोखरेल, नायकद्धय पुष्प खड्का र पृथ्वीराज प्रसाई अटाएका छन् । यो फिल्म असोज ११ गतेबाट देशभर प्रदर्शनमा आउदै छ ।

नवल नेपालले निर्देशन गरेको यो चलचित्रमा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका छ । यो मितिमा चलचित्र ‘छक्का पन्जा २’ आउने पक्का भैसकेको छ । यो सँगै ‘छक्का पन्जा २’ले सोलो रिलिज नपाउने भएको छ । 

प्रकाशित :भाद्र २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्