ऐश्वर्यको पोस्टरमा पनि देखियो रमेश प्रशान्तको टक्कर

- साप्ताहिक संवाददाता

भाद्र २०, २०७४-

चलचित्र ऐश्वर्यको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका २ पोस्टर एकै पटक सार्वजनिक भएका छन् । 

 फिल्मले कथाको थिमलाई यसपोष्टर मार्फत प्रस्ट्याउने कोशिस पनि गरेको छ । सार्वजनिक पोष्टरमा टिजर झौ फिल्मका मुख्य तीन पात्र रमेश उप्रेती , दीपिका प्रसाईं र प्रशान्त ताम्राकार लगायत फिचरीङ छन् । 

पोष्टरमा पनि टिजर झैँ ऐश्वर्यको लागि रमेश र प्रशान्त विचको टक्करलाई देखाउन खोजिएको छ । यसलाई टौवा क्रियसनले डिजाइन गरेको हो । फिल्ममा डेब्यु अनुहार दीपिका सुपर मोडलकै भूमिकामा छिन । फिल्ममा केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । 

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ ।

सुदीप वरालको छायाकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।

 

प्रकाशित :भाद्र २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्