पिकल लेडीको संन्यास

- एजेन्सी

भाद्र २०, २०७४-

सानो ठाउँमा लुक्न सक्ने क्षमता विकास गर्दै लगेकी स्टेप मरकरीले पिकल लेडीका रूपमा ख्याति कमाएपछि संन्यासको घोषणा गरेकी छिन् । १७ वर्षको उमेरमै सर्कस र भूतको शोका विभिन्न प्रस्तुतिमा सहभागि हुँदै आएकी मरकरीले २२ वर्षको उमेरमै संन्यासको घोषणा गरेकी हुन् । ५ फिट ४ इन्च अग्ली मरकरीले हालसालै आफूलाई २ फिट अग्लो तथा १८ इन्च गोलाकार सिसीको भाँडोभित्र अटाइन् ।

सिसीभित्र खादिएर बस्न सक्ने हुनाले नै पिकल लेडी (अचार महिला) उपनाम पाएकी मरकरीले अकस्मात् संन्यासको घोषणा गरेकी थिइन् । सानैदेखि छरितो र फुर्तिलो शरीर भएकी मरकरीले जिम्न्यास्टिक गर्न थालेपछि आफ्नो शरीरलाई अझ लचिलो बनाइन् । सर्कसमा पनि काम गर्दै आएकी मरकरीले ढाड दुख्ने समस्या सिर्जना भएपछि त्यसबाट संन्यासको घोषणा गरेको बताइन्छ ।  

 

प्रकाशित :भाद्र २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्